हिक्मत बहादुर नेपाली
अछाम असार ०५ ।
कमलबजार नगरपालिका वडा नं ४ को सिर्जना आवीको भवन निमार्ण र कमलबजार नगरपालिका वडा नं ५ मा सञ्चालित गैरिटाड कुईका सडक मर्मत योजनाको अनुगमन गरिएको छ । सिर्जना आवीको भवन निमार्णका लागी यस बर्ष २५ लाख बजेट विनियोजन गरिएको छ । पालिका बाट विनियोजित बजेट कार्यान्वयनका लागी गत बर्ष ५७ लाख को ठेक्का बाट अधुरो रहेका निमार्ण कार्य गरिएको छ । यस बर्ष ४ बोठे पक्क्ी भवनको छत ढलान सम्म गरिएको छ । यस्तै सुदूरपश्चिम प्रदेश बाट बिनियोजित २५ लाख बजेट बाट गैरिटाड कुईका सडक मर्मत अन्र्तगत पानी निकासका लागी नाली हाल्ने र पहिरो बाट रोकथामका लागी जाली हाल्ने र पर्खाल लाउने काम गरिएको छ । साथै सडक हिलाम्मे हुने केही क्षेत्रमा ग्राभेल गरिनेछ । सो कार्य गर्नका लागी जनता निमार्ण सेवाले ठेक्का लिएको छ । अनुगमनका क्रममा वडा प्राविधिक सव ईन्जिनियर गौतम कुमार रोकामगरले प्राविधिक ईस्टमेट अनुसार गुणस्तरिय सामाग्री प्रयोग गरेर निमार्ण भएको बताउनु भयो । कमलबजार नगरपालिकाका नगर उपप्रमुख तथा अनुगमन समितीका संयोजक शारदा कुमारी बिष्ट कुँवरको नेतृत्वमा गएको अनुगमन टोलीमा ७ नं वडाका वडा अध्यक्ष तथा अनुगमन समितीका सदस्य नृप बहादुर बोहरा, योजना तथा प्रशासन शाखा प्रमुख खड्ग बहादुर बिष्ट, योजना शाखाका सहायक पाँचौं विरेन्द्र तिमिल्सैना, पुर्वाधार विकास शाखा प्रमुख नरेन्द्र बहादुर शाह फिल्ड सहायक हिक्मत बहादुर नेपाली लगायतको सहभागीता रहेको थियो ।





