हिक्मत बहादुर नेपाली
अछाम असार ०५ ।
विद्यालय करेसावारी कार्यक्रमको स्थापना तथा दिगोपनाका लागी श्रोत साझेदारी सम्बन्धी छलफल संगैं स्थानीय सरकार संग समन्वय तथा सहकार्य बैठक आज कमलबजार नगरपालिकाको सभाहलमामा सम्पन्न भएको छ । वाक नेपालको आयोजनामा भएको कार्यक्रम, कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयको दिवा खाजालाई पोषणयुक्त बनाउनका लागी पालिकाका वडा नं २,३,४ र ५ का विद्यालयमा करेसा बारी संचालन गर्ने विषयमा व्यापक छलफल भएको थियो । वर्ड भिजनको सहयोगमा वाक नेपालले वालवालिकाका क्षेत्रमा काम गरिरहेका वडामा करेसा वारी बनाएर ताजा र पोषणयुक्त खाजा खुवाउने उदेश्यका साथमा कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक कमान मल्लले बताउनु भयो । कार्यक्रमका विद्यालय करेसावारी कार्यक्रमको स्थापना तथा दिगोपनाका लागी श्रोत साझेदारी सम्बन्धी आफ्नो प्रस्तुतीकरण राख्नु भएको थियो । कार्यक्रममा विद्यालय करेसावारीको औचित्य,अपेक्षित उपलब्धी, स्थानीय सरकारका प्राथमिकता संग सम्बन्ध, श्रोत साझेदाररीको सम्भावित क्षेत्र,साझेदारीको प्रस्तावित मोडेल र दिगोपना रणनितीका बिषयमा प्रस्तुतीकरण राखिएको थियो । कार्यक्रमको समापनका क्रममा नगर प्रमुख यज्ञ प्रसाद ढकालले विद्यालयमा करेसावारी कार्यक्रमको स्थापना तथा दिगोपनाका लागी श्रोत साझेदारी गर्न कमलबजार नगरपालिका तयार रहेको बताउनु भयो । कार्यक्रममा कमलबजार नगर पालिकाका जनप्रतिनिधी, कर्मचारी, विद्यालयका शिक्षक , वाक नेपाल बाल समृद्धि र एकिकृत विकासकालागी हातेमालो परियोजना फिल्ड परिचालाक दिनेश बि क काे उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चालन वाक नेपाल Hatemalo for Child Wellbeing (IPF) Tp Market Coordinator विष्णु बुढथापा ले गर्नु भएको थियो ।
KBM FM 89.9 MHz KBMTV




