यहाँलाई हार्दिक स्वागत छ ।
धन्यवाद ।
मंगलसैन नगरपालिकामा आर्थिक बर्ष २०८२२०८३ मा पुवाधार विकासमा क्षेत्रमा योजना सम्झौता, कार्यान्वयन तथा भुक्तानीको वर्तमान अवस्था के कस्तो छ ?
मंगलसैन नगरपालिकाको पुर्वाधार विकास शाखा मार्फत विभिन्न योजनाको बिषयमा आम नागरिक समक्ष जानकारी गराउने मौका दिनु भएकोमा यहाँलाई विशेष आभार छ । यस पालिकाको आर्थिक बर्ष २०८२२०८३ मा विनियोजित बजेट अन्र्तगत उपभोक्ता मार्फत कार्यान्वयन हुने योजनाको ९० प्रतिशत भन्दा बढी कार्य सम्पन्न गरिसकेका छौ भने ठेक्का मार्फत हुने काम ठेक्का भएर सञ्चालन भईरहेका छन । उपभोक्ता र ठेक्का प्रकृया मार्फत सञ्चालन हुने दुवै तर्फ गरी कुल योजनाकोे ९० प्रतिशत भन्दा वढी भुक्तानी भईसकेको अवस्था हो । जेठ महिना अवधिभर संघीय सरकारले गुणस्तर युक्त काम गर्ने भनेर जसरी परिपत्र गरेको सोहि बमोजिम हामी प्रत्येक योजनाको अनुगमन निरिक्षण गरि सुझाव सल्लाह दिदैं आएका छौं । एकदमै एत्साहका साथ पुर्वाधार शाखाले आफ्नो जिम्मेवारी पुरा गर्दैंछ । समग्र पालिकालाई सफल पार्नका लागी प्राविधिक क्षेत्रको महत्वपुर्ण भुमिका रहने भएकोले हामी संग उपलब्ध जनशक्तिलाई भरपुर परिचालन गरेर सक्रियताका साथ कार्य सम्पादन गरिरहेका छौं ।
प्रश्न ः तपाई हाल शाखा प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ । चुनौतीहरु के के छन । यस अघि शाखा मार्फत भएका कार्यलाई कसरी निरन्तरता दिनु भएको छ ?
उत्तर ः पक्कैपनी कुनै पालिका वा शाखा प्रमुखको जिम्मेवारी लिदै गर्दा थुप्पै चुनौतीहरु अवश्य आउछन । अहिले प्रमुख चुनौति भनेको केही योजनाहरुमा कामदार नपाउदा का गर्न कठिनाई भैरहेको छ । बसाइसराईका कारण गाउमा दक्ष जनशक्तिको अवाभ छ । जसका कारण उपभोक्ता समिती मार्फत कार्यान्वयन हुने योजनाहरुमा चुनौती छ । त्यसै गरि केहि पुराना ठेक्काक काममा समेत चुनौती छ । समयमै काम सम्पन्न नगरेका ठेकेदारलाई पटकपटक परिपत्र गरेर ताकेता गरेका छौं । त्यो वाहेकका चुनौती भन्दा बजार दररेट बढेको कारण जुन सुरुमा सरकारी दररेट पेश गरेका हुन्छौ त्यो अनुरुप लागत अनुमान तयार गरेका हुन्छौ त्यसको दाजोमा अहिले बजारको दररेट बढेको कारण उपभोक्ता वा निमार्ण व्यवसायी लाई पनि अलिकति भार थपिएको हुन्छ त्यसमा हामीले गर्न सकिने त्यस्तो केहि पनी हुदैन किनभने सुरुवातमा सम्झौता भईसकेको हुन्छ । उहाँहरुले कार्यान्वयन गर्नु नै पर्ने हुन्छ । त्यसो भएको हुनाले काममा समन्वय सहकार्य गरेर कसरी सहजिकरण गरेर विवाद रहित दिर्घकालिन रुपमा दिगो बनाउने उदेश्यका साथ चुनौतीहरुलाई सामना गरेर कटिबद्ध ढंगले काम गरिरहेका छौं ।
प्रश्न ः मंगलसैन नगरपालिकाको क्षेत्रफल ठुलो छ । पालिकाका १४ वटा प्रत्येक वडा तहमा विभिन्न योजना सञ्चालनमा छन । पालिका तथा वडा तहमा सञ्चालन हुने प्रत्येक योजनामा प्राविधिकको निगरानी हुनुपर्छ । तपाई शाखा प्रमुख भएको हुनाले पुर्वाधार विकास शाखामा भएको जनशक्तिलाई के कसरी परिचालन गरिरहनु भएको छ ।
उत्तर ः हामीलाई यो बिषयमा पनी चुनौती छ । दरबन्दी अनुसारका कर्मचारीको अभाव छ पालिका र मातहतका कार्यालयमा । कतिपय दरबन्दीमा आएका कर्मचारी यता बाट अर्को ठाँउमा सरुवा लिएर जानु भएको छ । कतिपय आउनेक्रममा पनि हुनुहुन्छ । हामी संग मौज्दात कर्मचारी जति हुनुहुन्छ उहाँहरु लाई परिचालन गरेर वडा सरकारलाई समेत कामको गुणस्तरमा ध्यान दिन अनुगमन लाई जोड दिन आग्रह गरेका छौं । हामी जनप्रतिनिधी कर्मचारी उपभोक्ता सबैलाई दिर्घकालिन योजना चाहिने भएकाले सबै मिलेर राम्रो काम गरौ भनेर लागीरहेका छौं । हामीले सबै संग सहकार्य गरेर कार्य सम्पादन गरिरहेका छौं । मंगलसैन नगरपालिका भित्र एक जना प्राविधिकले चारचार वडा वडा समेत हेरिरहनु भएको अवस्था छ । म आफै समेत काममा प्रत्येक्ष फिल्डमा खटिदैे अनुगमन गरेर सुझाव सल्लाह दिने गरेको छु । साथैै आफु मातहतका कर्मचारी साथीहरु सबैलाई मैले निर्देशन गरिसकेको छु । हरेक ठाँउ बाट सहयोग प्राप्त गरिरहेका छौं ।
उहाँ संगको विस्तृत संवाद हेर्न तलको लिंकमा जानुहोला ।




