रमिता बि क,
साउन १२: लैङ्गिक हिंसा अन्त्य र यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको सामुदायिक स्वामित्वको लागि धार्मिक तथा सामाजिक अगुवाहरूसँगको संवाद कार्यक्रम कमल बजार मा सम्पन्न भएको छ। सोमबार किशोरी तथा युवतीहरूका लागि सुरक्षित एवं सहयोगी वातावरण सिर्जना गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।
लैङ्गिक हिंसा र हानिकारक अभ्यासलाई लक्षित गरी तिनीहरूको प्रतिकार्य गर्न युवती तथा किशोरीहरूको व्यक्तिगत र सामूहिक क्षमता एजेन्सी अभिवृद्धि गर्नुका साथै मानवीय संकटका अवस्था लगायतमा पनि उनीहरूको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारहरूमा पहुँच बढ्ने यस कार्यक्रमको लक्ष्य रहेको छ। उक्त कार्यक्रम धार्मिक तथा सामाजिक अगुवाहरूसँगको सहकार्यमा आयोजना गरिएको थियो। जसमा विभिन्न धर्म सम्प्रदाय र समुदायका अगुवा तथा सरोकारवाला निकायहरूको सक्रिय सहभागिता रहेको थियो। सोही कार्यक्रममा समुदायमा विद्यमान गलत धारणाहरू तोड्न र वैज्ञानिक अधिकारमुखी दृष्टिकोण विकास गर्न सकिने धारणा प्रस्तुत गरिएको थियो।
कार्यक्रममा लैङ्गिक हिंसाको प्रभावकारण निवारणका उपायहरू यौन तथा प्रजन स्वास्थ्य र अधिकारको महत्त्व तथा त्यसमा धार्मिक तथा सामाजिक अगुवाहरूको भूमिकाका विषयमा गहन छलफल गरिएको थियो। कार्यक्रममा सहभागी अगुवाहरूले लैङ्गिक समानता हिंसा न्यूनीकरणका मुद्दाका सामुदायिक नेतृत्वमा पहल दिने प्रतिबद्धता जनाएका थिए। सोही कार्यक्रम वाक नेपाल लगायत विभिन्न संघसंस्थाहरूको सहजीकरणमा सम्पन्न भएको स्रोतले जनाएको छ।




