प्रवासी नेपाली संघ भारत वसई विरार नगर समिति महिला बिभागले आयोजना गरेको तिज बिशेष सांस्कृतिक कार्यक्रम महिला बिभाग प्रमुख निर्मला आचार्य को अध्यक्षतमा र नगर सचिव बिनोद जनाला को सन्चालन मा केटी वाडी हल मा भब्यरुपमा सु-सम्पन्न भयो ,,

ऊक्त कार्यक्रमलाई मार्गदर्शन गर्न प्रमुख अतिथिको आसनमा प्रवासी नेपाली संघ भारत केन्द्रीय समिति सचिवालय सदस्य युवा नेता महेन्द्र शाही ज्यु हुनुहुन्थ्यो भने विशिष्ट अतिथिको आसनमा केन्द्रीय समिति सदस्य बौद्धिक व्यक्तित्व भिम खड्का ज्यु रहनुभएको थियो , तेसै गरी अतिथिको आसनमा क्रमश महाराष्ट्र राज्य पुर्ब सचिब बियश ओड, राज्य उपसचिव पदम कार्की, राज्य उपसचिव एवं वसई विरार नगर इन्चार्ज पदमराज अधिकारी, राज्य सचिवालय सदस्य चन्द्रा कडेल, राज्य सल्लाहकार सदस्य कर्णखर जैसी, राज्य सचिवालय सदस्य लक्ष्मी प्रसाद धमाला, राज्य सचिवालय सदस्य नरेश बुढा,
राज्य सदस्य प्रम घोडासैनी, केन्द्रीय समिति संस्कृति विभाग सचिव लोकेश बडुवाल,राज्य सदस्य सर्पराज बटाला, राज्य सदस्य भिमबहादुर शाही, राज्य सदस्य गणेश ढकाल, राज्य सदस्य मानसिंह खत्री,राज्य सास्कृतिक बिभाग उपप्रमुख कुशुम भट्ट,, वसई विरार नगर अध्यक्ष महेश गौतम,मिरा भाईन्दर नगर अध्यक्ष जयस बिष्ट, कल्याण डोम्बिवली नगर समिति उपाध्यक्ष नर पुरी, नेकपा एमाले आठबिस नगर कमिटी सदस्य खडक बिश्वकर्मा,
नेकपा एमाले चामुण्डा बिन्दासैनि नगर कमिटी सदस्य देबेन्द्र आचार्य,नगर सल्लाहकार सदस्य उपेन्द्र आचार्य, लिलाराज न्यौपाने, खकेन्द्र रिजाल, रामप्रसाद घोडासैनी, नेपाल सरकारका पूर्व सैनिक दिपेन्द्र कार्की, हुनुहुन्थ्यो भने अन्य भाईचारा संगठन बाट प्रतिनिधत्व स्वरूप ‌प्रवासी नेपाली जनसमाज भारत केन्द्रीय समिति सदस्य प्रम सि , नेपाली जनसम्पर्क समिति भारत का क्षेत्रीय उपाध्यक्ष तिर्थराज तिमलसैना, प्रवासी नेपाली मातूभुमि संघका नगर अध्यक्ष राजकुमार तिमल्सैना, प्रवासी नेपाली एकता मञ्च भारत नगर उपाध्यक्ष सत्यराज ढकाल, प्रवासी नेपाली सम्पर्क मञ्च भारतका नगर उपसचिव अनिल जैसी, तिमलसैना समाज भारतका उपसचिव जनक उपाध्याय , नेमकिपा बाट प्रतिनिधि खकेन्द्र आचार्य ज्यु रहनुभएको थियो
उक्त कार्यक्रममा चर्चित लोक तथा देउडा गायक लोकेश बडुवाल, चर्चित मोडल तथा डान्सर कुशुम भट्ट, लोकप्रिय गायिका तुलसी भाट,
चर्चित मोडल पुजा बिष्ट,बाल कलाकार कबिता ढकाल र बाल कलाकार मान्यता भट्ट को साथमा स्थानीय दिदिबहिनीलाई मनोरञ्जन गराइयो,,

उक्त कार्यक्रममा प्रवासी नेपाली संघको वधि र विधानलाई मन पराए
तारा बि क, गोमा धामी चलाउने, ईशा बिष्ट, निर्मला रावल। लगायत 11 जना टोलि प्रबेश भएको छ

तेसैगरि सम्पूर्ण नेपाली दिदीबहिनी हरुलाई शुभकामना दिने क्रममा प्रमुख अतिथि ज्युले तिज किन र कहिले बाट सुरु भयो भने बिषयमा धारणा राख्दै प्रवास भारतमा रहेकी नेपाली दिदीबहिनीहरूलाई माइती नभएको महसुस नहोस् भन्दै प्रवासी नेपाली संघ ले प्रत्येक नगर मार्फत तीज विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको बताऊनुका साथै पछिल्लो समयमा केही स्थानमा मौलिक र परम्परागत तीजलाई भुलेर अराजक र अश्लिल खालका तीज गर्दै आएको मा उहाँले असन्तुष्ट जनाउँदै यस्ता क्रियाकलाप बाट हामी सचेत रहनुपर्ने बताउँदै यी गतिविधिहरूको अन्त्य हुनुपर्ने धारणा राख्नुभयो,,

मन्तव्यकै क्रममा अन्य अतिथिज्यूहरुले पनि सन्देशमूलक र ऐतिहासिक भनाईहरु राख्नुभएको थियो

त्यसैगरी समापनको क्रममा सभाध्यक्ष निर्मला आचार्यज्यूले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै यो कार्यक्रम सफल पार्न भुमिका निर्वाह गर्नुहुने सम्पूर्ण लाई हार्दिक आभार प्रकट गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नुभयाे

नगर सचिव बिनोद जनाला ,को सहयोगमा पबित्रा खड्का

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय