निर्मल राजा
२७ भदौ, बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले कफ्र्यु र निषेधाज्ञा दुबै जारी राखेको छ ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले एक सूचना जारी गर्दै प्रत्येक दिन साझ ६ बजे देखी भोली पल्ट बिहान ६ बजे सम्म कफ्र्यु र प्रत्येक दिन बिहान ६ बजे देखी बेलुका ६ बजे सम्म निषेधाज्ञा जारी गरेको जनाएका हुन् ।
जारी गरिएको सुचनामा भनिएको छ निषेधाज्ञा तथा कफ्र्युको समयमा अनावश्यक हिडडुल नगर्न, ५ जना भन्दा बढी जम्मा नहुन, कुनै पनि जुलुस सभा,सम्मेलन,प्रदर्शन,पोष्टर पर्चाजस्ता सामग्री टाँस्न वा नलेख्न भनिएको छ ।
यदी त्यसो गरेको पाइएमा नियन्त्रणमा लिई कानुन बमोजिम कारवाही गरिने जनाएको छ ।
निषेधाज्ञा र कफ्र्यु खुकुलो बनाउँदै लगेपछि बर्दियाको जनजीवन सामान्य हुदै आएको छ ।
सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी युवाहरुले भदौ २३ गते गरेको प्रदर्शन हिंसात्मक बनेपछि २४ गते राति १० बजेदेखि नेपाली सेनाले सुरक्षा कमाण्ड सम्हालेको थियो ।
त्यसक्रममा सुरुमा देशभर कफ्र्यु आदेश जारी गरेको सेनाले अहिले बर्दिया जिल्लामा भने जिल्ला प्रशासन कार्यालयले पछिल्लो कफ्र्यु तथा निषेधाज्ञा सम्बन्धी सुचना जारी गरेको हो ।




