अछाम कार्तिक २१ ।

२०७९ सालको  स्थानियतह निर्वाचनमा अपराधिक समुहबाट हत्या गरीएको भनिएका विनोद शाहीको मुद्दाको विषयमा बहस जारी छ । बिहिवार देखि सुरू भएको बहस शुक्रबार पनि जारी छ ।
मुद्दाको जिल्ला अदालत अछाममा नेपाल प्रहरी र ससस्त्र प्रहरीको बाक्लो सुरक्षा घेरा भित्र बहस चलिरहेको बताएको छ ।   बिहीबार  बहस नसकिए पछि मुद्दा हेर्दा हेर्दैमा रहेको हुदा शुक्रबार आज बहसले निरन्तरता पाउने अदालत स्रोतले जनाएको छ ।
पिडित पक्षबाट वरिष्ठ अधिवक्ता अम्मर थापा ,भिम बहादुर ढकाल र अधिवक्ता रणबहादुर सिंह , दान बहादुर बुढा, वसन्त जोशी, खडक खडका,राजाराम घिमिरे ले बहस गर्नु भएको थियो भने  प्रतिवादीको पक्षबाट वरिष्ठ अधिवक्ता लोगबहादुर शाह , शुलिल शेष्ठ र अधिवक्ता बिरेन्द्र बस्नेत,पवन गुप्ता र गणेश ढुंगाना ले बहस गर्नु भएको थियो ।  पिडितपक्षबाट विनोद शाहीका आफन्तहरू  न्यायको माग गर्दै बिहीबार देखि नै  मंगलसेनमा आएर बसीरहनु भएको छ  । पिडत परिवारले यो देशमा निष्पक्ष न्यायलय छ भने पिडितको पक्षमा फैसला गर्नुपर्ने माग गरेका छन । उनीहरूले
लोभलालच र सेटीङमा न्यया मार्ने गरी कुनै पनि गतिविधी हुन नहुनेमा जोड समेत दिएका छन । विनोदका सयौ आफन्तहरू मुद्दाको फैसला सुन्न मंगलसेनमा छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय