हिक्मत बहादुर नेपाली
अछाम कार्तिक २५ ।
नेपाल विद्युत्त प्राधिकरणको कमलबजार महशुल काउन्टर आज उद्धाटन गरिएको छ । नेपाल विद्युत्त प्राधिकरण अछाम वितरण केन्द्र द्धारा सञ्चालन हुने काउन्टरको आज एक कार्यक्रमका विच कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालले रिवन काटेर उद्धाटन गर्नु भयो । साथैं नगरप्रमुख ढकालले आफ्नो घरको विल काउन्टर माफर्त पहिलो पटक भुक्तानी गरेर सुभारम्भ गर्नु भयो । महशुल काउन्टर उद्धाटन भए संगै यस क्षेत्रका लागि विजुलीको महसुल तिर्न मंगलसेन काउन्टरमा जानुपर्ने झन्झट हटेको छ । कमलबजार महशुल काउन्टर उद्धाटन भए संगैं अछाममा नेपाल विद्युत्त प्राधिकरणका काउन्टर संख्या ४ पुगेको छ । यस अघि साँफेवगर, बयलपाटा र मंगलसेनमा काउन्टर सञ्चालनमा छ ।
अनलाईन प्रणालीमा महशुल भुक्तानी गर्न सकिने भएता पनी गाउघरको ईन्टरनेट विस्तार तथा झन्झटिलो प्रकृयाका कारण नागरिकलाई भुक्तानी गर्न असहजता छ । यसै कुरा लाई कहसुस गरि नेपाल विद्युत्त प्राधिकरणले काउन्टर विस्तार गरेको नेपाल विद्युत्त प्राधिकरण अछामका प्रमुख हिक्मत विसीले बताउनु भयो । महशुल काउन्टर उद्धाटन कार्यक्रमको समापन गदैं कार्यक्रमको अध्यक्षताको आशन बाट बोल्दै विसीले काउन्टर सञ्चालनमा आएपछि कमलबजार नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका , ढकारी गाउपालिका र तुर्माखाद गाउपालिकाका नागरिक लाई विजुलीको विल भुक्तानी गर्न सहज हुने बताउनु भयो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथी कमलबजार नगरपालिका नगर उपप्रमुख शारदा बिष्ट कुँवरले तीस रुपैयाको विजुली विल तिर्न सदरमुखाम मंगलसेन जानु पर्ने बाध्यता हटेको र जादा आउदा पर्ने भाडा समेत बचत हुने र नागरिकलाई सुविधा हुने बताउनु भयो । अछाम लाई पुर्ण विद्युतिकरण गर्ने योजना अनुरुप विद्युत्त नपुगेका गाउमा धमाधम विद्युत्त विस्तारको कार्यसमेत अगाडी वढीरहेको कार्यक्रममा जानकारी गराईएको थियो । कमलबजारमा गत बर्ष मात्र ३३ ÷ ११ केभि क्षमताको सव स्टेशन सञ्चालनमा आएको थियो । हाल सो स्टेशन बाट अछामको चार वटा पालिकाका र दैलेख कालिकोट समेत विद्युत प्रवाह हुने गरेको स्टेशनका प्राविधिक प्रमुख अनिल पासवानले जानकारी गराउनु भयो । काउन्टर उद्धाटन कार्यक्रममा पालिकाका विभिन्न वडाका वडा अध्यक्ष, पालिका स्थिर कार्यालयमा कार्यरत कर्मचारी पत्रकार र नागरिकको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय