हिक्मत बहादुर नेपाली
अछाम मंसिर २२ ।
लैङ्गीक हिंशा विरुद्धको १६ दिने अभियान अन्र्तगत कमलबजार नगरपालिकामा मंसिर २४ समापन कार्यक्रम हुने भएको छ । नाभेम्बर २५ देखी डिसेम्बर १० सम्म विविध कार्यक्रम गरि मनाईएको १६ दिने अभियान कार्यक्रमको डिसेम्बर १० अर्थात मंसिर २४ गते बृहत कार्यक्रम गरि समापन गरिन लागेको कमलबजार नगरपालिका अन्र्तगत महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख डम्बर ढुंगानाले जानकारी दिनु भयो । कार्यक्रममा लैंगिक हिंसा अन्त्यका लागि म र मेराे परिवारको भुमिका बिषयक वक्तित्वकला प्रतियोगिता र देउडा खेल प्रस्तुत गरिने ढुंगानाले बताउनु भयो । यस अघि पालिकाका प्रत्येक १० बटै वडामा अभियानका सन्दर्भमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । २४ गते पालिकाको प्राङगणमा हुने समापन कार्यक्रममा प्रत्येक वडा बाट छनोट भएका १ जना महिलाले बक्तीत्वकलामा भाग लिने छन । कार्यक्रममा आम नगरवासीको उपस्थितीका साथैं वडा सदस्य र महिला दिदीबहिनीको अनिवार्य उपस्थितीका लागी नि.प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर शाहीको हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय