
हिक्मत नेपाली ,चैत्र १७ कमलबजार । सुदुरपश्चिम तथा कर्णाली क्षेत्रमा चर्चित लोक संस्कृति मध्यको हुड्केउली पछिल्लो समय लोप हुदै गएको छ । जन्म देखि मृत्युु सम्मका विभिन्न संस्कारमा प्रस्तुत गरिनुका साथै विभिन्न सभामा प्रर्दशन गरिने हुड्केली यहाँको लोक संस्कृति मध्येको एक प्रमुख संस्कृति रेहेको कमलबजार नगरपालिका वडा नं ७ सेराका हुड्के बुदे दमाईले बताए । प्राय जसो दमाई समुदाय भित्रका हुड्केउली सम्बन्धि जानकार व्यक्तिले प्रस्तुत गर्ने हुड्केउलीमा विरताका गाथा समेटिएका हुन्छन । नवान्नि (पास्नी) , विवाह , बर्तबन्धका साथै मृत्युको को संस्कारमा हुड्केली गरिने हुडेके बुदे दमाई को भनाई छ । पहिलेको भन्दा अहिले यो संस्कार लोप हुने अबस्थामा पुगेको कमलबजार नगरपालिका वडा नं ८ का हुड्के ललित दमाई ले बताए । लोप हुनुमा पछिल्लो समयको आधुनिकीकरणको दोष मात्र नभएर हाम्रो संस्कृति जगेर्ना गर्नु पर्ने भावना सबैमा नहुनुका साथै सरकार उदासीन रहनु रहेको दमाईको बुझाई छ । पुस्तान्तरण नहुनाले पनि संस्कृति जगेर्ना मा थप चुनौती थपिएको कमलबजारका कल्लाने दमाईकाे भनाई छ । हुड्केउली जगेर्नामा जुट्न आवश्यक छ स्थानीय सरकारले हुड्केउली संस्कृतिका साथै पञ्चेवाजा संरक्षणमा पनि ध्यान दिनु पर्ने दमाईको माग छ । हुड्केउली लाई समयक्रम संगै परिमार्जित गरेर लिनु पर्ने अछाम साँफेवगरका सुर्जन नेपालीको भनाइ छ । अब पुराना राजा रजौटाका कथा मात्र नगाएर अहिलेका समसामयिक बिषय बस्तुलाई पनि समेटेर प्रस्तुत गर्नुपर्नेमा नेपालीको जोड छ । हुड्केउली प्रतियोगिता आयोजना गर्नु पर्ने उहाँको धारणा छ ।https://m.facebook.com/story.php?story_fbid=2751479468433963&id=100007158100508