संरक्षणको पर्खाईमा पञ्चदेवल विनायकका देवलहरु
हिक्मत बहादुर नेपाली
अछाम फाल्गुन ०३ ।
अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–१, विनायकमा अबस्थित धार्मिक, ऐतिहाँसिक, सामाजिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिएका पञ्चदेवलहरु संरक्षणको पर्खाईमा छन । कलात्मक रुपमा ढुंगा बाट निर्माण गरिएका यी पञ्चदेवलहरु ऐतिहासिककालमा सिंजाका मल्ल राजाहरुले बनाउन लगाएको विभिन्न शिलालेखहरुमा इतिहाँस रहेको पाइन्छ । ऐतिहाँसिक कालमा सिंजाका खस राजाहरुको शितकालिन राजधानी सिंजा र अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–१ को विनायकमा रहेको पञ्चदेवलमा शाके १२०२ वि.स. १३३७ मा खस राज्यका राजकुमार अक्षय मल्लले पञ्चदेवल निर्माण गरेको इतिहास पाइन्छ ।
यो ५ वटा देवल रहेको पञ्चदेवलको प्रवेशद्वारको तोरणशिलामा लेखिएको अभिलेखअनुसार इतिहासविद् योगी नरहरिनाथले आफ्नो पुस्तकमा यो प्रमाणित गरेको स्थानीय जानकारहरुको भनाइ छ । करिब ८ सय वर्ष पुरानो पञ्चदेवलको संरक्षणमा कुनै पनि निकायले ध्यान दिन नसकेको स्थानीयबासीको गुनासो छ । मध्यपहाडी पुष्पलाल राजमार्गको क्षेउमै अवस्थीत भएकाले अधिकांश पर्यटनहरु देवल आसपासमा तस्बिर खिचाउनेको भिड हुन्छ ।
तस्बिर : हिक्मत बहादुर नेपाली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय