हिक्मत बहादुर नेपाली
अछाम फाल्गुन ४ ।
कमलबजार नगरपालिकाको आयोजनामा आज वृक्षारोपण गरिएको छ । निर्वाचन प्रहरीको विशेष सक्रियतामा कमलबजार स्थित ईलाका प्रहरी कार्यालय प्राङगण परिसरमा वृक्षारोपण गरिएको हो । कमलबजार लाई हरियाली बनाउने उदेश्यले पेन्सील धुपी र एभोकाडोका २७ वटा विरुवाको वृक्षारोपण गरिएको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सरोज कैलाले जानकारी दिनुभयो । वृक्षा रोपण कार्यक्रम पश्चात कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालले कमलबजारको सौन्दर्यता कायम राख्दै बजार क्षेत्रलाई हरियाली बनाउन वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिईने बताउनु भयो । साथै वृक्षारोपण कार्यक्रम सफलपार्न सहयोग गर्ने जिल्ला स्थित विभिन्न सुरक्षा निकायका पदाधिकारी, विभिन्न पालिकाका प्रमुख तथा प्रतिनिधी, स्थानीय नागरिक र निर्वाचन प्रहरी लाई धन्यवाद व्यक्त गर्नु भयो । आजको वृक्षारोपण कार्यक्रममा कमलबजार नगरपालिकाका नगर प्रमख यज्ञप्रसाद ढकाल, तुर्माखाद गाउपालिकाका अध्यक्ष डम्मर बहादुर बि.सी. ढकारी गा.पा. अध्यक्ष प्रकाश बहादुर साउँद, पञ्चदेवल विनायक नगरप्रमुख, अम्बिका चलाउने, कमलबजार न.पा. वडा नं.१ का वडा अध्यक्ष भक्त बहादुर बोहरा, कमलबजार न.पा.वडा नं.८ अध्यक्ष प्रजाबहादुर बोगटी, कमलबजार न.पा. वडा नं.२ अध्यक्ष दिर्घा टमट्टा कमलबजार न.पा. वडा नं.१ का वडा सदस्य पदम प्रसाद ढकाल, कमलबजार न.पा. वडा नं. १० का वडा सदस्य हस्त बहादुर बिष्ट, कमलबजार नगरपालिकाका प्रशासकीय अधिकृत खडक बहादुर बिष्ट, कमलबजार खानेपानी समिती अध्यक्ष प्रेम प्रसाद ढकाल, स्थानीय समाजदेवी जिबन धमाला, यस्तै जिल्ला स्थित विभिन्न सुरक्षा निकायका तर्फ बाट प्रमुख जिल्ला अधिकारी यज्ञ बहादुर बुढा, जिल्ला प्रहरी कार्यालय अछाम प्रमुख प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनाल, इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक सरोज कुमार कैला, ईलाका प्रहरी कार्यालय कमलबजारका सुवेदार मेजर प्रहरी नायव निरीक्षक कर्ण बहादुर बुढा , प्रहरी सहायक निरीक्षक कर्ण पार्की, प्रहरी बरिष्ठ हवल्दार प्रेम बहादुर भण्डारी , हवल्दा दिपेन्द्र थापा राष्ट्रिय अनुसन्धान प्रमुख अशोक पौडेल, प्रमुख सेनानी राजु महर्जन, सेनानी दिपक थापा, इ.प्र.का.कमलबजारका लेखा–प्रमुख प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर कैला ,सशस्त्र प्रहरी नायव उपरीक्षक दुर्गा प्रसाद भट्ट, अस्थायी ट्राफिक प्रहरी पोष्ट कमलबजारका प्रमुख प्रहरी हवल्दार अम्बादत्त अवस्थी, पत्रकार महासंघ अछामका उपाध्यक्ष पवित्रा खड्का, रेडियो नेपालका अछाम संवाददाता हिक्मत बहादुर नेपाली, निर्वाचन प्रहरी लगायत समाजमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिको उक्त कार्यक्रममा सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय