हिक्मत बहादुर नेपाली
अछाम जेठ २१ ।
अछामको तुर्माखाँद गाउँपालिकामा जातीय भेदभाव छुवाछूत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा जनचेतनामुलक सडक नाटक प्रस्तुत गरिएको छ । भेदभाव होइन व्यवहार बदलौं, छुवाछुत होइन अधिकार सुनिश्चित गरौँ,भन्ने मूल नाराका साथ जातीय छुवाछुत तथा उन्मूलन दिवसको अवसरमा तुर्माखाँद गाउँपालिका वडा नं ८ धमालीमा सडक नाटक प्रस्तुत गरिएको हो । कार्यक्रममा जनप्रतिनिधी कर्मचारी विद्यार्थी, राजनितिक दलका प्रतिनिधी तथा समाजका विभिन्न क्षेत्रमा सरोकार राख्ने व्यक्तिको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको वडा अध्यक्ष निरक बहादुर शाहीले जानकारी दिनु भयो । प्रस्तुत गरिएको सडक नाटकले समाजमा बर्षो देखी जडा गाडेर बसेको जातिय छुवाछुत जस्तो कुप्रथा अन्त्य गर्नमा चेतना अभिवृद्धि गर्ने उदेश्यले आयोजना गरिएकोको वडा अध्यक्ष शाहीले बताउनु भयो । यस्तै पालिकाको केन्द्र र अन्य वडामा समेत सचेतनामुलक कार्यक्रम गरिएको तुर्माखाँद गाउँपालिका वडा नं का वडा सदस्य रोशना विकले बताउनु भयो ।





