हिक्मत बहादुर नेपाली
अछाम जेठ २४ ।
विद्युत सर्ट भएर आगलागी भएपछी एक साता देखी कमलबजारमा अवरोध भएको खानेपानीमा नयाँ उपकरण जडान गरिए संगै आज देखी सञ्चालनमा आएको छ । डिप बोरिङ खानेपानीमा २ लाख लागतमा विभिन्न उपकरण जडान गरे पश्चात अवरोध भएको खानेपानी सञ्चालन आएको कमलबजार खानेपानी तथा सरसफाई व्यवस्थापन समाजका अध्यक्ष प्रेम प्रसाद ढकालले बताउनु भयो । अवरोध भएको खानेपानी सञ्चालन आएपछी स्थानीय नागरिक खुसी भएका छन । VDO Link




