हिक्मत बहादुर नेपाली
अछाम, जेठ २६ । लैंगिक हिंशा निवारण कोष नितिगत अवस्था र नमुना कानुन उपर छलफल तथा परामर्श कार्यक्रम आज कमलबजारमा सम्पन्न भएको छ । संयुक्त राष्ट्र जनसंख्या कोष र न्याय तथा अधिकार संस्था नेपालको सहयोग तथा सहकार्यमा भएको कार्यक्रम, कमलबजार नगरपालिका स्तरीय लैंगिक हिंशा निवारण समितीका संयोजक तथा नगर उपप्रमुख शारदा बिष्ट कुँवरको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा लैंगिक हिंशा सम्बन्धी बिषयविज्ञ तथा अधिबक्ता शर्मिला श्रेष्ठले लैंगिक हिंशा निवारण कोष नितिगत अवस्था तथा प्रचदित कानुका सम्बन्धमा प्रस्तुतीकरण राख्नु भएको थियो । कार्यक्रममा चालु आर्थिक बर्षको सुरु देखी सम्म प्रहरीमा विभिन्न प्रकृतीका लैंगिक हिंशा सम्बन्धी के कती उजुरी परेका छन सो सम्बन्धी जानकारी गराईएको छ । हाल सम्म घरेलु हिंशा सम्बन्धी १७ हजार ४ सय ८२ घटना प्रहरी समक्ष उजुरी परेका छन । जस मध्य कर्तव्य ज्यान सम्बन्धी ३८ घटना र २ हजार २ सय ५३ जवरजस्ती करणी सम्बन्धी मुद्धा परेका छन । फेसबुक लगायतका सामाजिक सञ्जाल बाट १९ हजार ७ सय ३० घटना दर्ता भएका जानकारी गराईएको थियो । कार्यक्रममा जनप्रतिनिधी कर्मचारी लगायत विभिन्न सरोकारवाला व्यक्तिको उपस्थिती रहेको थियो । कार्यक्रमको समापनका क्रममा नगर उपप्रमुख शारदा बिष्ट कुँवरले लैगिक हिंशा पिडिल लाई यस अघि अवस्था हेरेर १० देखी ५० हजार सहयोग गरिदै आएको स्मरण गर्दै आगामी दिनमा थप सहयोग तथा पुन स्थापना गर्न विभिन्न ऐन नियमावलीमा टेकेर कानुन निमार्ण गर्न लागीएको र यस कार्यमा सबैको सहयोग रहने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रमको सञ्चालन सामुदायिक मनोपरामर्शकर्ता कल्पना देवकोटाले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय