धनगढीः  धनगढी नेपालकै प्रदूषित सहर बन्न पुगेको छ। वातावरण विभागको तथ्याङ्कअनुसार मङ्गलबार बिहान सबैभन्दा धेरै वायु प्रदूषण धनगढीमा रहेको थियो।

वायुको गुणस्तर सूचकांक एयर क्वालिटी इन्डेक्स (एक्यूआई) अनुसार धनगढीको एक्यूआई आज विहान २५० पुगेको थियो। यो समाचार तयार पार्दासम्म भने धनगढीको एक्यूआई १८० मा झरेको छ।

त्यस्तै काठमाडौँको एक्यूआई १९६ पुगेको छ। एक्यूआई ५० सम्म हुनु राम्रो मानिन्छ। ५० देखि १०० सम्मलाई ठिकै मानिन्छ। एक्यूआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ।

एक्यूआई ३ सय पुग्नु भनेको जोखिमपूर्ण हो। ३ सयभन्दा माथि जानुचाहिँ घातक हो। लामो समययता वर्षा नभएका कारण देशभर वायु प्रदूषणको मात्रा बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय