हिक्मत बहादुर नेपाली
अछाम श्रावण २३ ।
गजलकार कमल संघर्ष द्धारा लिखित अछामी भाषाको गजल संग्रह हियाका कुडाको शनिवार अछाममा गृह विमोचन गरिएको छ । जिल्लाको साँफेवगर नगरपालिका वडा नं ११ देवस्थानको देवलमा आयोजित सौरणी मेटाउनकी निम्ती गाँउमा गौड्या भिट कार्यक्रममा संग्रहको गृह जिल्ला विमोचन तथा स्वागत गरिएको हो । अछाम गजल मञ्चको आयोजनामा भएको कार्यक्रममा संग्रहको विमोचन सहित विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा टिप्पणीकार पुर्ण कुमार रावल मायालुले गजल संग्रह हियाका कुडा माथी विविध पक्ष लाई समेटी टिप्पणी गर्नु भएको थियो । कार्यक्रमका सभाध्यक्ष, प्रमुख अतिथी, विशिष्ट अतिथी गजलकार कमल संघर्ष लगायतले संयुक्त रुपमा संग्रहको गृह विमोचन गर्नु भयो ।
अछाम गजल मञ्चका अध्यक्ष भिम सरोवरको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी साँफेवगर नगरपालिका वडा नं ११ देवस्थानका वडा अध्यक्ष राम बहादुर बोहरा प्रमुख अतिथी रहनु भएको थियो । उहाँले कार्यक्रममा बोल्दै मञ्चले अछामी भाषा कला साहित्य तथा संस्कृती जगेर्नाका लागी सौरणी मेटाउनकी निम्ती गाँउमा गौड्या भिट कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्नु भयो । कार्यक्रममा विविध रचना बाचनका साथै स्थानीय हुडकेउली नाच, धमारी नाच , देउडा खेल र गायन प्रस्तुत गरिएको थियो । वडाको सहयोगमा भएको कार्यक्रममा साहित्यकार कलाकार, पत्रकार तथा आम नागरिकको सहभागीता रहेको थियो । मञ्चका सदस्य रुप बहादुर वडको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम सचिब भुपेन्द्र अथकले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय