
हरिश रावत
कमलबजार, चैत्र २५
कमलबजार नगरपालिको वडा न.०८ ढाँकु मा एक्काईस सदस्यीय युवा क्लब गठन गरिएको छ । आज (बुधबार) वडा सदस्य झंकर बिष्टको अध्यक्षतामा बैठक बसी ४५ जना उपस्थित भएको युवाको भेला बाट क्लब गठन गरिएको अध्यक्ष नेत्र बहादुर बिष्टले जानकारी दिए । उक्त क्लबको अध्यक्षमा नेत्र बहादुर बिष्ट चयन हुनु भएको छ भने उपाध्यक्षमा तपेन्द्र नेपाली, सचिबमा कमल बहादुर बिष्ट ,सह सचिबमा दिवस बडुवाल त्यसैगरी कोषाध्यक्षमा प्रकाश बिष्ट चयन हुनु भएको छ । २१ सदस्यीय समिति गठन संगै उक्त युवा क्लबको, नैन बहादुर बिष्टको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति गठन भएको छ । साथै कृष्ण बहादुर बोगटीको संयोजकत्वमा ९ सदस्यीय संयोजक समिति गठन गरिएको सचिब कमल बहादुर बिष्टले बताए । आगामी दिनमा युवाको समग्र क्षेत्रका साथै बिकास निर्माण देखी वडामा हुने आर्थिक गतिविधि, अनियमितता साथै ,भष्टा«चार रोक्नका लागी पहल गर्ने निर्णय गरिएको र क्लबको नामको बिषयमा अर्को बैठकमा छलफल गरि निर्णय गरिने सचिब बिष्टले कमलबजार दैनिक डटकम लाई जानकारी दिए । उक्त कार्यक्रमको सहजीकरण वडा कार्यालयमा कार्यरत कार्यालय सहायक दमन बहादुर भण्डारी ले गर्नु भएको थियो ।