गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले वैशाख १ गतेदेखि व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन गर्ने भएको छ । १६ गतेसम्म अभियान सञ्चालन हुने विभागले जनाएको छ ।

विभागले जन्म, मृत्यु, बसाइँसराइ, सम्बन्ध विच्छेद र विवाह दर्ताको घटना दर्ता अभियान देशभर सञ्चालन गर्न लागेको हो । व्यक्तिगत घटना दर्ताको महत्व प्रचारप्रसार गर्ने उदेश्यले वैशाख १ देखि ७ गतेसम्मलाई व्यक्तिगत घटना दर्ता सप्ताह मनाउन लागिएको विभागका महानिर्देशक जितेन्द्र बस्नेतले बताउनुभयो ।

सरकारले २०८० साल अर्थात सन् २०२४ सम्ममा जन्मदर्ता शतप्रतिशत पुर्‍याउने र अरु व्यक्तिगत घटना दर्तामा उल्लेख्य वृद्धि गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई सहयोग पुर्‍याउन पनि अभियान सञ्चालन गर्न लागिएको विभागले जनाएको छ ।

अभियान सञ्चालनका लागि ७ सय ५३ पालिकाहरूमा नै सर्कुलर जारी गरिएको विभागले जनाएको छ । विभागले आफ्नो वडा अथवा पायक पर्ने शिविरमा गएर व्यक्तिगत घटना दर्ता गर्न आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय