सुर्जन नेपाली
साँफेबगर, अछाम

सस्कार र सस्कृती हराएको देश र समाजमा तपशिल का कुरा हरुको आक्रमण देखिएको छ । पश्चिममा सस्कृती को प्रभावले आजित बनेको नेपाली समाजमा राष्ट्र र राष्ट्रियता गुम्दैछ । राजनितीक दल र तिनका नेताहरू प्रतिको जनताको बिश्वास गुम्दैछ । राज्यको ढुकुटी लुट्न सके लुट्ने प्रवृद्दि दिनहु मौलाउदै छ । अब यो देश लाई पुनर्जागरण को आवश्यकता छ । देशभक्त नागरिक र नेतृत्व आवश्यक छ । दिनहु नागरिक हरुको स्वास्थ्य स्थिति बिग्रदै गएको छ स्वास्थ्य सेवाको नाममा लुट्न खोलेका अस्पताल दिनहु नाफामा छ्न । यहाँ बिराम हेरेर औषधि गरिदैन बिरामीको आर्थिक अबस्था हेरेर उपचार गरिन्छ । गरिबले बिराम लाई पाल्दै सडकमा आर्थिक जोहो गर्दै दिन बिताउदै छ्न । सार्बजनिक पद धारण गरेका र धनी हरु बिरामी को निहुमा महँगो अस्पताल तथा बिदेशी अस्पताल मा सार्बजनिक सम्पति बाट सुविधा लिएर उपचार गरिरहेका छ्न । उहीँ बिरामी र उहीँ बिराम मा उपचार शैली र तरिका फरक छ । उहीँ मान्छे धनी गरिब हुनेखाने र हुँदा खाने छ्न । मृत्यु सबैको एउटै भएपनि यस्को प्रकृति फरक छ । बिहे सबैको एउटै भएपनी सस्कार र प्रचलन अनि ताम्झाम फरकफरक छ । भोक सबैको एउटै भएपनी भोजन फरकफरक छ । जीवन एउटै भएपनी जीवन जिउने शैली फरकफरक छ । यात्रा सबैको एउटै भएपनी यात्रा गर्ने माध्यम फरकफरक छ । मान्छे एउटै भएपनि मान्छे ले मान्छेलाइ हेर्ने दृस्ठिकोण फरकफरक छ ।यहाँ मान्छे ले मान्छे लाई छुदा छोइन्छ । प्रकृति बाट प्राप्त पानी लाई छोइने साधन को रूपमा प्रयोग हुँदै आएको छ । जुन पानी कसैको बाउको बिर्ता होइन । ब्रह्ममण बादी चिन्तनले प्रदुशित नेपाली समाज हाल सम्म पनि मान्छे मान्छे बीच को भिन्नता खोज्दै म ठुलो त सानो भन्ने अमानबिय चरित्र लाई प्राथमिकता दिइरहेको छ । जानीजानी राज्यले कानुन बनाइ पछाडि पारिएको दलित समुदाय ८३९ बर्ष देखि आफुमाथी भैरहेको विभेद्को अन्त्य का लागि न्याय को दुवाइ मागी रहेका छन । आखिर कहिले सम्म यो समाज लाई जातिय अन्धकारको दल् दल मा धकेल्न खोज्दै छौ । एक दिन अवश्य आउनेछ हेक्का रहोस भकुण्डो लाई जति जोरले जमिन मा हिर्काइन्छ त्यति नै माथी उठ्दै जान्छ । एक दिन त्यो कबुलियत नामा गर्ने दिन आउने छ जसमा मेरो पुस्ता र मैले गरेका कर्तुत सबै फिर्ता लिएर आजको दिन देखि यस्तो घृणित कार्यमा म र मेरा साका सन्तान लाग्ने छैनन भन्ने कुरा उल्लेख हुनेछ सबैलाइ चेतना भया !

लेखक समाजिक अभियान्ता र सहयात्रा फाउन्डेसन नेपाल का अध्यक्ष का साथै समाजशास्त्र बिषयमा एम ए गरेका ब्यक्ति हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय