काठमाडौँ,३ बैशाख । प्रेस काउन्सिल नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र भारतको गुप्तचर निकाय र बीच चार–बुँदे सम्झौता भएको समाचार लेख्ने अनलाइनहरू लाई २४–घण्टे स्पष्टीकरण सोधेको छ ।
शुक्रबार एक ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै काउन्सिलले उज्यालो नेटवर्क डट कम, सुदर्शनखबर डट कम, कान्तिपथ डटकम लगायतका सातवटा अनलाइनलाई स्पष्टीकरण सोधेको हो ।त्यस्तै, काउन्सिलको स्वअनुमगनले दर्ता नभएका सन्देश प्रवाह डटकम र न्यूज ८८ पोस्ट डटकमलाई लाई नेपाल भित्र बन्द गराउनका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ
पत्रकारिताको मूल्य–मान्यता, संवेदनशीलताको ख्याल गरी जवाफदेही पूर्ण ढंगबाट सत्यको अन्वेषण, तथ्यको सम्प्रेषण गर्दै आचार संहिताको पूर्ण पालना गर्दै पत्रकारिता गर्न पनि काउन्सिलले सबैको ध्यानाकर्षणा गराएको छ