भानुभक्त ढकाल ०५ बैशाख २०७८ अछाम ।
कमलबजार नगरपालिका वडा न २ बस्ने बर्ष ६ असाहय तथा बिपन्न हिमाल खड्का बचाउ अभियानमा कमलबजार नगरपालिका द्वारा २६,१६० आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । कमलबजार नगरपालिका अछामका कर्मचारीहरु संचालन गरेको पीडित हिमाल खड्का बचाउ अभियानमा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु एकमुष्ठ रुपमा संकलन गरेको रकम आज हस्तान्तरण गरिएको थियो ।
कमलबजार नगरपालिका अछामका कर्मचारीहरु संचालन गरेको पीडित हिमाल खड्का बचाउ अभियानमा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु एकमुष्ठरुपमा संकलन गरेको रकम आज हस्तान्तरण गरिएको थियो । निज हिमाल खड्काको बायाँ खुट्टाको हड्डीमा समस्या देखियको र उपचारको लागि आर्थिक समस्या भएकोले केहि दिन देखी बयलपाटा अस्पतालमा उपचाररत थिए । उक्त रकम बुझ्दै पीडितकि दिदी निर्मला खड्काले आफ्नो समस्या बुझेर आर्थिक सहयोग गरेकोमा कमलबजार नगरपालिका र सहयोग गर्ने सम्पुर्णलाई हार्दिक धन्यवादका साथै आगामी दिनमा पनि सहयोग अपेक्षा गरेको बताइन् । रकम हस्तान्तरण पश्चात् स्वास्थ्य कर्मिहरु लाई भेट्दै नेपाल ट्रेड युनियन काङ्ग्रेसका सह-सचीव भानुभक्त ढकालले हिमाल खड्काको उपचारमा कुनै कमि नहुन दिन आग्रह समेत गर्नु भयो र स्वास्थ्य कर्मी हरु अस्पतालबाट हुने सेवामा कुनै कमि नहुने र हिमाल खड्काको स्वास्थ्यमा पहिले भन्दा सामान्य सुधार भएको बताए ।