गजल
जसको नराम्रो संग निधार फुटेको हुन्छ
सबै भन्दा बढी उसैको दिल दुखेको हुन्छ ।।
मलाई सम्बन्ध र विरुवा उस्तै उस्तै लाग्छ
जसलाई लाएर बिर्सियौ भने सुकेको हुन्छ ।।
हजुरको घर भएर आउने हर बटुवाहरुलाई
खै किन हो मेरै दिलले सधैं सम्झेको हुन्छ ।।
हामी भने जहिले दुश्मनहरुकै संका लिन्छौ
आफ्नै मित्रले पिठिउमा छुरा रोपेको हुन्छ ।।
जब तिम्रो र देशको चिन्ता लियर सुत्ने गर्छु
बिहान उठ्दा आशुले परेली भिजेको हुन्छ ।।
✍ भावुक निर्मल बिष्ट
कमलबजार न.पा १०