हिक्मत नेपाली
कमलबजार, चैत्र ०९
अछामको कमलबजार नगरपालिका वडा नं ९ मण्टावण्डालीमा बिहीबार नगर स्तरिय दलित सञ्जालको १३ सदस्यीय वडा कमिटी गठन गरिएको छ । वडा नं ९ मण्टावण्डालीका कार्यवाहक वडा अध्यक्ष कर्ण बहादुर वडको अध्यक्षतामा बसेको भेलाले दलित सञ्जालको वडा कमिटी गठन गरिएको नवनिर्वाचित वडा कमिटीका अध्यक्ष प्रकाश विश्वकर्माले बताए । कमिटीको उपाध्यक्षमा जंग कामी, सचिवमा इश्वर बिक तथा कोषाध्यक्षमा लक्षु कामी सहित १३ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन भएकाे सदस्य धनिराम नेपालीले जानकारी दिए । ६५ जना उपस्थित सो भेलाको प्रमुख अतिथि कमलबजार नगर स्तरीय दलित संञ्जालका अध्यक्ष लोकेन्द्र बहादुर नेपाली रहनु भएको थियोे । सो भेला लाई सम्बोधन गर्दै नेपालीले अाफ्ना हक अधिकार स्थापित गर्न र जातीय विभेद (छुवाछूत) जस्तो कुप्रथा अन्त्य गर्न वर्षौं देखि पछाडि पारिदै अाएको दलित समुदाय अाफै जाग्नु पर्ने वेला अाएको बताए । राज्यका हरेक निकायमा दलितको समावेशी प्रतिनिधित्वका साथै विकास निर्माणका कार्यमा पनि दलितको सहभागिता सुनिश्चित हुनु पर्ने उहाँको भन्नु भयो । कार्यक्रममा नगर स्तरीय दलित सञ्जालका सहसचिव हरिओम नेपाली, नगर स्तरीय दलित सञ्जालको प्रस्तावित सहकारी संस्थाका सचिव हिक्मत बहादुर नेपाली समाजसेवी नरराज अधिकारी , शेर बहादुर रावतको उपस्थिति रहेकोे सो कार्यक्रमको सञ्चालन ईन्द्र बहादुर बिकले गर्नु भएको थियो भने स्वागत मन्तव्य रमेश बिकले राख्नु भएको थियो । नगर स्तरीय दलित सञ्जालको शुक्रबार ( १० गते ) कमलबजार नगरपालिका वडा नं ८ ढाँकुमा वडा कमिटी गरिने भएकोले त्यहा स्थित अाम दलित समुदायलाई उपस्थितिका लागि अपिल गरिएको  छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय