
हिक्मत नेपाली
कमलबजार, बैशाख १४
अछामको कमलबजार नगरपालिका वडा नं ८ ढाँकुमा अाज (मंगलबार )कमलबजार नगर स्तरिय दलित सञ्जालको १३ सदस्यीय वडा कमिटी गठन गरिएको छ । वडा नं ८ ढाँकुका वडा सदस्य पानसरा दमाईको अध्यक्षतामा बसेको भेलाले दलित सञ्जालको वडा कमिटी गठन गरिएको नवनिर्वाचित वडा कमिटीका सचिव प्रेम कामीले बताए । कमिटीको अध्यक्षमा सर्प बहादुर वड,उपाध्यक्षमा लाल बहादुर दमाई , सचिवमा प्रेम कामी , सहसचिव नैने कामी तथा कोषाध्यक्षमा माङ्ली बिक सहित १३ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन भएकाे सचिव कामीले जानकारी दिए । ५१जना उपस्थित सो भेलाको प्रमुख अतिथि कमलबजार नगर स्तरीय दलित संञ्जालका अध्यक्ष लोकेन्द्र बहादुर नेपाली रहनु भएको थियोे । सो भेला लाई सम्बोधन गर्दै नेपालीले अाफ्ना हक अधिकार स्थापित गर्न र जातीय विभेद (छुवाछूत) जस्तो कुप्रथा अन्त्य गर्न वर्षौं देखि पछाडि पारिदै अाएको दलित समुदाय अाफै जाग्नु पर्ने वेला अाएको बताए । राज्यका हरेक निकायमा दलितको समावेशी प्रतिनिधित्वका साथै विकास निर्माणका कार्यमा पनि दलितको सहभागिता सुनिश्चित हुनु पर्ने उहाँको भन्नु भयो । भेलालाई सम्बोधन गर्दै बिशिस्ट अथिति प्रकाश बिश्वकर्माले वर्गीय आन्दोलन विना दलित मुक्ति असम्भव भएकोले सम्पूर्ण दलितलाई दलित मुक्ति आन्दोलनमा सहभागी भई एकजुटका साथ लाग्नु पर्ने बताए । पदम बहादुर नेपाली ले स्वागत मन्तव्य राखर सुरु भएको कार्यक्रमको सञ्चालन हिक्मत बहादुर नेपालीले गर्नु भएको थियोे । नगर स्तरीय दलित सञ्जालको वडा कमिटी गठन प्रक्रिया कोरोना महामारीका कारण केही दिनका लागि स्थगन गरिएको जनाईएको छ ।