नेकपा (माओवादी केन्द्र)ले सरकार लाई दिएको समर्थन फिर्ता लिएको छ ।

माओवादीको मंगलवार बसेको स्थायी कमिटी बैठकले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

सरकार लाई आफू हरूको समर्थन नरहने बताए पनि माओवादी ले आजसम्म औपचारिक रूपमा समर्थन फिर्ता लिने निर्णय गरेको थिएन ।

यससँगै वर्तमान सरकार अल्पमतमा परेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली आफैंले विश्वासको मत लिने घोषणा गरिसकेको परिप्रेक्ष्यमा माओवादीले समर्थन फिर्ता लिएको हो ।

पूर्व घोषणा नगरिसकेको अवस्थामा पनि समर्थन फिर्ता पछि ओलीले विश्वासको मत लिनुपर्ने थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय