
कमलबजार बैशाष २७
प्राथमिक स्वास्थ्य केन्द्र कमलबजार पि.सि.आर प्रयोगशालामा गरिएको परिक्षणमा अछामका थप ७४ जनामा संक्रमण पुष्टि भएको छ ।संक्रमण देखिने मा ३१ महिला र ४६ पुरुष रहेका छन ।
प्राथमिक स्वास्थ्य केन्द कमलबजार पि.सि.आर प्रयोगशालाका केन्द्रका सुचना अधिकारी टेक बहादुर बिष्ट का अनुसार कमलबजार नगरपालिकाका ३१ महिला ४६ पुरुष गरि जम्मा ७७ जनामा संक्रमण पुष्टि भएको हो ।
कमलबजार नगरपालिका स्वास्थ्य शाखाले बजार क्षेत्रमा संक्रमण को आंशकामा बजार क्षेत्रका प्रत्येक पसल बाट नमुना संकलन गरे पछि संक्रमितको संख्यामा बढेको हो । बजार क्षेत्र समयमा सिल नगरिएका कमलबजार को अवस्था नेपालगंज जस्तो हुने आईतवार कुन नपर्ने हुन सक्छ।
पछिल्लो समय अछाममा कोरोना संक्रमण तथा मुत्युदर दिनहु उकालो लाग्न थालेको छ ।भारत लगायत अन्य स्थान बाट गाँउ फर्किनेको संख्यामा बढनु र स्थानिय तहले क्वारेन्टाईन लगायत अन्य ब्यवस्थापन तथा लकडाउनमा कडाई नगरे पछि संक्रमण गाँउ गाँउमा कोरोना फैलिएको छ । कोरोना संक्रमण दर उच्च रहेको बजारक्षेत्रमा समेत संक्रमण बढिरहेकोे हुदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि सुरक्षित रुपमा घरमै बस्न अनावश्यक रुपमा बजार नआउन समेत कमलबजार नगरपािलका स्वास्थ्य शाखाले अनुरोध गरेको छ ।