प्रधानमन्त्री केपी शर्मा ओलीले आज स्थायी कमिटीको बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्रीले अहिले केहीबेरपछि बस्ने गरी आफनै निबास बालुवाटारमा बैठक बोलाउनुभएको हो ।

बैठकले माधव नेपाल पक्षका माग सम्बोधन गर्ने सबै अधिकार ओलीलाई दिने सम्भावना रहेको बालुवाटार स्रोतको भनाई छ ।

राष्ट्रपतिले दिएको नयाँ सरकार गठनको समयसीमा आज साँझ ९ बजेसम्म सकिनुअघि नेपाल पक्षलाई राजीनामा गराउने प्रयास कांग्रेस र माओवादीको छ ।

राजीनामाबारे माधव नेपाल पक्षमै मतभेद भएर संख्या जुटाउन सकस परिरहेका बेला संस्थापन पक्षले संवाद जारी राखेको छ ।

हिजो माधव नेपाललाई गोकर्ण विष्ट लगायत उहाँ निकट केही नेताहरुले राजीनामाबाट पछि हट्न दबाब दिएको बुझिएको छ ।

यसैबीच अहिले विहानै ओलीको तर्फबाट वार्ता गर्न अर्थमन्त्री बिष्णु पौडेल माधव नेपाल निवास कोटेश्वर पुग्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय