कमलबजार जेष्ट ३
जिल्लाको मंगलसेन नगरपालिकाले कमलबजार पिसिआर प्रयोगशालालाई थप ५ लाख सहयोग गरेको छ त्यस्तै गरि जिल्लाको साँफेबगर नगरपालिककाले कमलबजार पिसिआर प्रयोगशालालाई थप ४ लाख सहयोग गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले ५ लाख रुपयाँको चेक आज कमलबजार पिसिआर प्रयोगशालालाई हस्तान्तरण गरेको हो ।
जिल्लामा एक मात्र पिसिआर प्रयोगशालाको नियमित संचालनमा सहयोग पुगोस भन्ने हेतुले थप पाँच लाख सहयोग गरेका छौँ नगर प्रमुख पदम बहादुर बोहराले भने ।
जिल्लामा कोरोना परिक्षणका लागि कमलबजार पिसिआर प्रयोगशाला मात्रै रहेकाले उक्त प्रयोगशाला लाई नियमित संचालनका लागि सहयोग गरिएको नगर प्रमुख बोहराको भनाई छ ।
मंगलसेन नगरपालिकाले यस अघि समेत ५ लाख रुपयाँ आर्थिक सहयोग गरेको थियो ।

जिल्लाको साँफेबगर नगरपालिककाले कमलबजार पिसिआर प्रयोगशालालाई थप ४ लाख सहयोग गर्ने निर्णय गरेको छ ।यसअघि प्रयोगशालालाई ५ लाख सहयोग गरेको नगरले आज थप ४ लाख सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख कुलबहादुर कुवँरले बताए ।
जिल्ला मा एकमात्र पिसिआर प्रयोगशाला रहेको र सो प्रयोगशालालाई नियमित संचालनका लागि आर्थिक सहयोग गर्ने निर्णय कार्यपालिकाले गरेको नगर प्रमुख कुवँरको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय