कमलबजार जेष्ट ३
प्राविधिक समस्याका कारण केहि दिन बन्द प्राथमिक स्वास्थ्य केन्द्र कमलबजार पि.सि.आर प्रयोगशाला आज बाट पुर्न सञ्चालनमा आएको छ

प्राथमिक स्वास्थ्य केन्द कमलबजार पि.सि.आर प्रयोगशालाका केन्द्रका सुचना अधिकारी टेक बहादुर बिष्ट का अनुसार सेन्टी फुयुजमा समस्या देखिए पश्चात तत्काल राती नै कमलबजार नगरपालिकाको गाडी काठमाण्डौ पठाएर नया समान खरिद गरि आज परिक्षण सफल भए पश्चात प्राथमिक स्वास्थ्य केन्द्र कमलबजार पि.सि.आर प्रयोगशाला पुन नियमित सञ्चालनमा आएको हो । दैलैख ,बाजुरा ,अछामका स्थानिय तहहरु लाई सेवा प्रदान गरिरहेको सो प्रयोगशाला बन्द हुदा कोरोना परिक्षण का लागी डोटी ,जुम्ला या कैलाली पुग्नु पर्ने बाध्यता हटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय