कमलबजार जेष्ठ १०
अछाम स्थााई ठेगाना  भई हाल काठमाण्डौंमा रहदै आउनु भएका उद्योगी जनक धामी ले दृष्टिबिहिन सुशील थापा लाई खाद्यान्नका सामाग्री तथा नगद सहयोग गरेका छन । मालिका बचत तथा ऋण सहकारी संस्था लि र नारायणी रिफाईनरी ओईल उद्योग प्रा.लि का अध्यक्ष जनक धामी द्वारा अछाम जिल्लाको चाल्सा जन्म भई सानै उमेरमा दुबै आँखा गुमाएका दृस्टिबिहिन हाल सानोठिमि भक्तपुरमा स परिवार बस्दै आएका सुशील थापालाई करिब ६ महिनालाई पुग्ने खाद्यान्न सामाग्री र नगद रु २०,००० अक्षेरुपी बिस हजार सहगोग प्रदान गरेका हुन । । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण जारी लक डाउनको समयमा मानवीय सेवाको भावना राखी सहयोग गरि पुण्य कमाउने मनकारी धामीले आगामी दिनमा पनि यस्ता मानवीय सेवाका कार्यहरु गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय