
हिक्मत नेपाली
कमलबजार,जेष्ठ २३
अछाम कमलबजार नगरपालिका वडा ८ स्थाई ठेगाना भई हाल भारतमा रहेका विशाल परियारको दोश्रो देउडा कोशेली काँछै मेरी रानी चडी सार्वजनिक भएको छ । बिशाल परियार र रितु थापाको स्वरमा सजिएको उक्त गीतमा जया रोकायाको लय तथा हेमन्त साँउदको शब्द रहेको छ । जय संगीत म्यूजिक प्रा लि उत्पादन तथा वितरक रहेको काँछै मेरी रानी चडी बोलको गीतमा बिरेन्द्र परियार, कल्पना ढुंगाना र गोविन्द्र परियारको अभिनय रहेको छ । उक्त गीतको भिडियोको निर्देशन रुपा सिलालले गर्नु भएको हो भने भिडियोको छायांकन तथा सम्पादन रवी आउजीले गरेका छन । link https://www.youtube.com/watch?v=SpL8jpr_sws