अछाम, असार १० ।
कोरोना महामारीमा नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रवासी नेपालीहरुले अछामको बयालपाटा अस्पताललाई आर्थिक सहयोग प्रदान गरेको छ ।
अछामको साँफेबगर नगरपालिका–३, सिद्धेश्वर घर भई हाल भारतको महाराष्ट्र पुणे बस्दै आएका प्रवासी नेपालीहरुले सिद्धेश्वर प्रगतिशील समाजबाट संकलित नगद रु ३५ हजार प्रदान गरिएको समाजका सचिव रोहित लुहारले जानकारी दिनुभयो ।
असार ९ गते बयालपाटा अस्पतालमा आयोजित एक कार्यक्रममा संस्थाका प्रतिनिधिमार्फत अस्पतालका मेडिकल तथा शल्यचिकित्सा निर्देशकलाई सहयोग रकम हस्तान्तरण गरिएको सिद्धेश्वर प्रगतिशील समाजका बरिष्ठ सल्लाहकार झङ्कर लुहारले जानकारी दिनुभयो ।
सहयोग रकम बुझ्दै अस्पतालका मेडिकल तथा शल्यचिकित्सा निर्देशक डा. पाठकले प्राप्त रकमले थोरै भए पनि अस्पतालबाट सेवा प्रवाहका लागि सहज हुने बताउनुभयो । उहाँले प्रवासमा रहेका नेपालीहरुले यसअघि पनि अस्पताललाई सहयोग गर्दै आएको उल्लेख गर्दै मानवीय विपत्तीमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
त्यस अवसरमा समाजका अछामस्थित प्रतिनिधि वरिष्ठ सल्लाहकार झंकर विक, सदस्यहरु हर्क बि क, मिनल आउजी, खम्म सुनार, राजन बि क, लक्ष्मण भुल, लोग्जन बाब्ली र बिरेन्द्र विकलगायतको उपस्थिति रहेको थियो ।
समाजले आर्थिक रुपमा समस्यामा परेका विपन्न, विपद्मा परेका नागरिक, रोगी तथा असहायलाई पनि सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय