कमलबजार , असार १० । कमलबजार नगरपालिकाले अा.व २०७८/०७९ काे निति तथा कार्यक्रम प्रस्तुत गरेको छ । कमलबजार नगरपालिकाकाे समृको अाधार शिक्षा स्वास्थ्य , पर्यटन र व्यापार सहितको पुर्वाधार भन्ने नारा दिएको नगरको ८ अौं नगरसभा मा अाज बिहीबार निति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । नगरका उप प्रमुख भुमिसरण ढकाल बजगाईले प्रस्तुत गरेको नीति तथा कार्यक्रम नगरसभाममा पेश गर्नु भएको हो ।नगर प्रमुख ओम प्रकाश बिष्टकाे सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति अछामका अध्यक्ष नर बहादुर कुँवर रहनु भएको थियोे । व्ययभारको आधारमा कुल अनुमानित  ४४ करोड को बजेट पेश भएको छ । कार्यक्रमको  सञ्चालन कमलबजार नगरपालिमा कार्यरत नायब सुब्बा पुर्ण प्रसाद बजगाईले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय