हिक्मत नेपाली ,कमलबजार असार १३ ।     आज (आईतवार ) कमलबजारमा १ दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । कमलबजार नगरपालिका पशु सेवा शाखा , भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र को वाक नेपाल भकारी परियोजना को संयुक्त आयोजनामा शिविर भएको हो । शिविरबाट ३३१ जना सेवा ग्राही लाभान्वित भएका छन् । शिविरमा बोका तथा बहरको स्थायी बन्ध्याकरण, कुकुरमा रेविज रोगविरुदको खोप अभियान, आन्तरिक तथा बाह्य परजिविको उपचार तथा पशुपन्छिको सम्पुर्ण उपचार तथा पशूपालन सम्बन्धि परामर्श सेवा दिनुका साथै विभिन्न पशुहरुलाई लक्षणको आधारमा औषधी वितरण गरिएको छ सो कार्यक्रममा १३४७ पशुहरुलाई उपचार औषधी वितरण गरिएको कमलबजार नगरपालिकाकाे पशु सेवा शाखा प्रमुख देवेन्द्र बहादुर शाहीले कमलबजार दैनिक डटकमलाई जानकारी दिनु भयो । उक्त कार्यक्रममा ५३० गाई,८१ गोरु ,६५ गाई, ४८० कुखुरा तथा १९१ भैसिलाई उपचार गरिएको साथै ५० वटा घर पालुवा कुकुरलाई रेविज बिरूद्वको खोप दिईएको शाहीले बताए ।
कमलबजार नगरपालिकाका प्रमुख अोमप्रकाश बिष्टको अध्यक्षता भएकोे शिविरको उद्घाटन कार्यक्रममा नगरका विभिन्न वडाका जनप्रतिनिधि को उपस्थिति रहेको थियोे । कार्यक्रममा बोल्दै नि प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्टले शिविरले पशुपालक कृषकलाई लाभ मिल्ने र अागामि दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिईने बताउनु भयो । उक्त कार्यक्रममा वाक नेपालको तर्फ बाट भकारी परियोजना सयोजक मनोज बिक्रम सिंह र कृषि कार्यक्रम प्रमुख मान बहादुर शाहको सहभागीता रहेको थियोे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय