हिक्मत नेपाली
कमलबजार, असार १४
कमलबजार नगरपालिकाको कृषी विकास शाखाले कमलबजार नगरपालिका ६ बिरपथमा आज कृषी सामाग्री वितरण गरेको छ । सुनौला हजार दिनका आमाहरुको पोषण अवस्थामा सुधारका लागी १८ जना कृषक लाई कृषी जन्य बिउ बिजन र पोलिहाउस बितरण गरिएको कमलबजार नगरपालिकाका कृषी विकास शाखा प्रमुख शुनिल कुँवरले कमलबजार दैनिक डटकम लाई जानकारी दिनुभयो ।
कमलबजार नगरपालिकाको ६ नं का वडा अध्यक्ष राम बहादुर शाहको अध्यक्षतामा भएको कृषी सामाग्री वितरण कार्यक्रमका प्रमुख अतिथी कमलबजार नगरपालिकाका नगरप्रमुख ओम प्रकाश बिष्ट रहनु भएको थियो । उहाँले कार्यक्रम लाई सम्बोधन गदै कृषकहरुले कृषी कर्ममा सक्रीए भएर सुनौला हजार दिनका आमाहरुको पोषण अवस्थामा सुधार ल्याउनमा सहयोग पु¥याउन आग्रह गर्नु भयो ।
स्वस्थ्य, खुसी र समृद्ध परिवार हाम्रो सरोकार, प्रभावकारी बहुक्षेत्रिय पोषण सेवा जनताको अधिकार भन्ने मुल नाराको साथमा भएको सामाग्री वितरण कार्यक्रममा सुनौला हजार दिनका आमाहरुलाई प्लास्टिक घर निर्माण सम्बन्धि एक दिने स्थलगत तालिमको पनि व्यवस्था गरिएको कुँवरले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय