कमलबजार, असार १६
कमलबजार नगरपालिकाको कृषि शाखाले ५ हजार भन्दा बढी विभिन्न फलफूलका बिरुवाहरु वितरण गर्न लागिएको कमलबजार नगरपालिकाको कृषि शाखा प्रमुख सुनिल कुँवरले बताउनुभयो । जसमध्ये आज पहिलो दिन ५० प्रतिशत बिरुवा कृषकलाई वितरण गरिएको छ कुँवरले जानकारी दिनुभयो । केरा १४ सय, कागती २८ सय, आँप ४ सय, सुन्तला १५ सय, अनार १५० गरि ५ हजार भन्दा बढी वितरण गरिने लक्ष्य कृषि शाखाको रहेको छ।
विरुवा खरिदका लागि कमलबार नगरपालिका कृषि शाखाको २लाख रकम खर्चिएको छ । वितरण गरिएका बिरुवाहरु कमलबजार नगरपालिका कृषि शाखाको ५० प्रतिशत अनुदान र ५० प्रतिशत रकम कृषकले बेहोर्ने गरि बितरण गरिएको हो। ढुवानी तथा प्याकेजीगंमा सतप्रतिशत अनुदानमा रहेको बताईएको छ ।
आजै बुधबार कमलबजार नगरपालिका वडा नं. ३ का ७३ जना सुनौलो हजार दिनका आमाहरुलाई ७ सय केराको बिरुवाहरु नि:शुल्क बितरण गरिएको सेमेत कृषि प्राविधिक बिर्ख बहादुर बिष्टले कमलबजार दैनिक डटकम लाई जानकारी दिनुभयो।

आगामी दुई दिनसम्म कमलबजार नगरपालिकाका कृषकहरुलाई विरुवा वितरण गरिने भएकोले कृषकहरुले शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ। वितरण गरिएको बिरुवाहरुको प्राविधिक सहयोग कृषि शाखाले गर्ने समेत कुँवरले बताउनुभयो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय