लोकेन्द्र शाही ,भारत
भारत को महारास्ट्र पुना मा समाजसेवि नेपाली युवा सुरेश भाउ सोनी सिवसेना उपबिभाग प्रमुख मा नियुक्त हुनुभएको छ ।
सिवसेना प्रमुख हिन्दु हिर्दय सम्राट श्रीमान बालासाहेव ठाक्रे ज्यु को आर्शिवाद र महारास्ट्र मुख्यमन्त्री र संस्थापक अध्यक्ष उद्धब जि ठाकरे ज्यु को आदेश मा उपबिभाग प्रमुख प्रबती मतदार संघ पदमा सुरेश सोनी नियुक्त हुनुभएको हो ।माः सुरेश भाऊ सोनी उपविभाग प्रमुख शिवसेना पर्वती मतदार संघ प्रभाग क्रमांक २८ पुणे मा नियुत्त हुनुभएको मा भारत मा बस्ने आम नेपाली हरु ले बधार्इ दिएका छ्न ।
नियुक्ति प्रत्र शहर प्रमुख संजय मोरे उपशहर प्रमुख बाळासाहेब ओसवाल नगरसेवक श्रीकांत पुजारी ज्यु को हातबाट दिनुभएको हो ।
सुरेश सोनी ज्यु को लामो समय सम्म को संघर्ष मेहेनत र इमान्दारीताको कदर गर्दै सिवसेना ले उपबिभाग प्रमुख पद मा नियुती गरेको छ ।
उहाले भारत मा रहेका नेपाली हरु लाई आपत बिपत मा सहयोग तथा अलपत्र परेका नेपाली हरुलाइ उद्धार गर्दै आउनु भएको छ ।
अत्यन्त मिलनसार सहयोगी तथा मनकारी भावनाका सुरेश बिगत लामो समयदेखी भारत को महारास्ट्र पुना मा बस्दै आउनुभयको छ । सोनी को नेपाल मा घर कैलाली जिल्लाको धनगढी हो । सोनी को पुर्ख्यौली घर अछाम साफें नगर पालीका सिद्धेश्वर प्रभा हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय