कमल रावल, साउन ४ अछाम
मंगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउका लोकेन्द्र रावल उमेरले २१ बर्षको पुुग्नु भयो । २१ बर्षका तन्नेरी युवा लोकेन्द्र आज भोलीका दिनमा बाख्रापालनमा कस्सेर लागेका छन । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाईरसको संक्रमणका तथा जोखिमका कारण भारतबाट आफ्नो गाउँमा फर्किएपछी लोकेन्द्र बाख्रापालनमा लागेका हुन । बुवा आमा, दाजु भाउजु, भाईबहिनी सहीत ८ जनाको परिवार भएका लोकेन्द्रको अहीलेको रोजाई बाख्रापालन भएको छ । असोज महीनामा नै बाख्रा पालन सुरु गरेका लोकेन्द्रले खोर ब्याबस्थापन र बाख्रापालन लागी बाख्रा खरिदमा सुरुमा नै करिब साढे ६ लाख खर्च गरेका थिए । आफुुसँग पैसा नभएपनी
जग्गा धितो राखेर बैँक मार्फत ऋण गारेर १ लाख ३० हजारको खोर ब्याबस्थापन पहीलो र दोस्रो चरणमा ४ लाख ३० हजार ६४ बाख्रा कीनेर ब्याबस्था थालिसकेपछी हाल २२ वटा बाख्रा बेचेर १ लाख ७० हजार रुपैया जम्मा गरेको बताउनु भयो । आफ्नो १० रोपनी र आफन्तजनको ७० रोपनी भाडामा गरि करिब ८० रोपनी जग्गामा बाख्रापालन मात्र नभई कृषि तरकारी फलफुलमा सुन्तला, कागती, ओखर रोप्ने काम भएको रावलले बताउनु भयो । बाख्रापालनमा आफु लागि रहदा बुवा आमाको समेत निकै सहयोग गरेको उनको भनाई रहेको छ । आफ्नो जग्गा धेरै मात्रामा लेकतिर नभएपनीबुवा आमाले लामो समयदेखि भाडा तिरेर गरिरहेको कृषि पेशा गरिरहनु भएको थियो अहीले त्यसैलाई सदुपयोग गरेर आफुले ब्याबसाय थालेको उनको भनाई रहेको छ । २०७७÷०७८ को बजेट ल्याउदा कोरोनाबाट प्रभावित युवालाई स्वरोजगार बनाउने बजेट ल्याउछु निती तथा कार्यक्रम बनाउछु सरकारका प्रमुखले भनेका थिए तर आफुलाई त्यसले कत्ति पनी छोएको छैन । आदिकारीक रुपमा धुम्रलोचनी बाख्रापालन फर्म दर्ता नै गरिसके अनुदानका लागी नगरपालिका, कृषि शाखा पशुशाखा कति धाए कहीकतैबाट सहयोग प्राप्त भएको छैन, मैले सहयोग नपाए पनी दुखी त छैन तर सरकारले हेरेको छैन यो बर्ष के गर्छन खै ? भारतबाट यसरी प्रभावित भएर आफु घर आईसकेपछी अब भारत नजाने निधो गरेको लोकेन्द्रले बाख्रापालनलाई दिगो बनाउदै लैजाने बताएका छन । कृषि प्रदान देशमा सरकारको लगानी आवश्यक रहेको भन्दै वास्तवीक किसानको बारीमा पुगेर मात्र आगामी दिनमा अनुदानका कार्यक्रम तय गर्न उहाँको सुझाब रहेको छ,
ADVERTISEMENT


