श्रावण ६ कमलबजार
प्रथम जननिर्वाचित प्रधानमन्त्री बि.पि. कोईरालाको योगदानको स्मरण गरि ३९ औ स्मृती दिवस कमलबजारमा नगरपालिकामा बृक्षारोपन गरि मनाएको छ ।
कमलबजार नगरपालिका नेपाली कागे्रस ,भातृ संस्था तथा युवाहरुको बिशेष पहलमा कमलबजार नगरपालिकाको पर्यटकिय स्थल बायु उर्जा परिसर र महाकाली मन्दिर परिसरमा बिभिन्न प्रजाती का १०० वटा बिरुवा बृक्षारोपन गरिएको कार्यक्रमका संयोजक युवा नेता सुर्य प्रकाश बिष्ट ले बताउनु भयो ।
कमलजबार नगरपालिका का उप प्रमुख भुमिशरण ढकाल प्रमुख अतिथी रहनु भएको कार्यक्रममा पुर्व क्षेत्रिय सभापती यज्ञ ढकाल र आमन्त्रित जिल्ला कमिटी सदस्य खडग ब. भण्डारी लगायत भातृ संस्था लगायत गाँउ कार्य समिती का कार्यक्रताहरु सहभागी भएर प्रथम जननिर्वाचित प्रधानमन्त्री बि.पि. कोईरालाको योगदानको स्मरण तथा संम्झना गरेका थिय ।
नेपालमा प्रजातन्त्र स्थापनाका लागी कठोर संधर्ष गरेका कोईरालाको बि.स. २०३९ श्रावण ६ गते निधन भएको थियो । उनले नेपाली साहित्य क्षेत्रमा पनि महत्वपुर्ण योगदान पुरयाएका छन ।नेपाली साहित्यमा मनोबैज्ञानिक यर्थाथवादी धाराका प्रर्वतक कोईरालाका डेढ दर्जन कुति प्रकाशित छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय