
निर्मल रैका धनगढी , श्रावण ८ । कैलालीको धनगढी उपमाहानगरपालिका वडा नं २ र वडा नं ३एक आपसमा जोडिएको वडा हो । यी दुई वडा उत्तर दक्षिण भइ जाने छ लाईन सडकले वडा नै छुट्टाएको छ । यस्तो भौगौलिक बनोट रहेको यी दुई वडामा बर्खामा डुबान हुदै आएको छ ।
तर मंगलबार कैलालीको धनगढी उपमाहानगरपालिकामा भने अनौठो दूश्य देखा परेको छ ।
केही समय देखि कैलालीमा लगातार अविरल बर्षा भैरहेको छ । जसले धनगढी उपमाहानगरपालिका वडा नं २ र वडा नं ३ मा डुबानको समस्या रहेकोे छ ।
तर मङगलबारको दृश्यले भने वडा नं २ का जनता दुखित भएका छन ।
कही नभएको जात्रा हाडी गाउँ भने झैँ धनगढी उपमाहानगरपालिका वडा नं ३ को पानी बढी जन घनत्व भएको बस्ती मा निकाश गरिएको हो । स्थानीयबासीको चर्को बिरोधका बाबजुद पनि ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरि वडा नं ३ को पानी वडा नं २ मा निकाश गरिएको हो ।
उक्त पानी वडा नं ३ बाट निकास गरेपछि वडा नं २ मा रहेको शिखर टोल, मालिका टोल लगायतका क्षेत्र डुबानमा परेका छन् । मङ्गलबारदेखि वडा नं ३ को डुबान क्षेत्रको पानी वडा नं २ मा निकास गर्दा वडावासीका घरभित्र पानी पसी खाद्यान्न, लत्ताकपडालगायतका सामग्री खराब भएको छ ।
यसरि एउटा वडाका जनतालाई डुबानको समस्याबाट जोगाउन अर्को वडामा पानी निकास गरेकोमा स्थानीयबासी आक्रोशित भएका छन ।