हिक्मत नेपाली
कमलबजार, श्रावण २८
कमलबजार नगरपालिका वडा नं ८ ढाँकुमा जंगली जनावर बदेलले मकैखेतीमा क्षति पुर्याएको छ ।
किसानले खेतबारीमा लगाएको मकै खेतिमा क्षति पुर्याएको कमलबजार नगरपालिका वडा नं ८ ढाँकुका कृषक नेत्र बिष्टले जानकारी दिए । कृषकले लगाएको मकैमा क्षति पुर्याएपछि अाफुलाई निकै चिन्ता लागि रहेको सोही ठाउँका अर्का कृषक जगत बिष्टले भने अब कसरी खाद्यान्न आपूर्ति गर्ने ।

जंगली जनावर बाट दिनहुँ जसो खेतीपातीमा क्षति हुन थालेको लामो समय बितिसक्दा पनि सम्वन्धित निकाय माैन भएकाले राहतका लागि कृषक प्रेम रावतले जाेडदार माग गरे ।
कृषकहरु आफुले लगायको खेतीपातीमा जंगली जनावारले क्षति नपुर्यावस भनी दैनिक जसो खेतवारीमा पाल टागेर बसेको भएता पनि ढाँकुको कुलेथान,धेरे ठुला गडा लगायतका स्थानमा क्षति पुर्‍याएको छ । जंगली जनावर लाई धपाउन जाँदा केहि दिन अघि मात्र कमलबजार नगरपालिका वडा नं ७ सेराका कृषक लभदेभ अधिकारी बाघको अाक्रमण बाट घाइते हुनुभएको थियोे ।photo source khem bista

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय