कमलबजार, श्रावण ३०
धनराज बि क बचाउ अभियान अन्तर्गत अाज कमलबजारमा अार्थिक संकलन गरिएको छ । कमलबजारका विभिन्न व्यबसायी तथा व्यक्ति बाट रु २१७७० ।(अक्षरुपी एक्काईस हजार सात सय सत्तरी) संकलन भएको बिकका भतिज प्रेम विकले बताए । अार्थिक रकम संकलन कार्यका लागि कमलबजार विकास तथा प्रबर्द्धन समिति का अध्यक्ष काँसिराम बजगाई , नेपाली कांग्रेस जिल्ला कमिटी सदस्य तप्त बहादुर बिष्ट , जनता समाजबादी पार्टी अछाम जिल्ला समन्वय समिति का अध्यक्ष बालाराम ढकाल ,कमलबजार दैनिक का सम्पादक हिक्मत बहादुर नेपाली लगायतका व्यक्ति खटिनु भएको थियो ।

सहयोगको अपिल

अछामको कमलबजार नगरपालिका वडा नं ८ मा स्थाई ठेगाना भई हाल अध्ययनका क्रममा टिकापुरमा बस्दै आएका धन बहादुर बिक यहि श्रावण २४ गते चिसापानी बाट टिकापुर जाने क्रममा मोटरसाईकल दुर्घटना परि गम्भीर घाईते भई हाल उपचारका क्रममा कोहलपुर मेडिकल कलेज कोहलपुर बाँकेमा रहेका छन । डाक्टरको सल्लाह अनुसार बिकको टाउकोमा गम्भीर चोट लागेकोले उपचारका लागी २० लाख भन्दा बढी रमक खर्च लाग्ने भएकोले निजको पारिवारीक आर्थीक अवस्था निकै कमजोर रहेको हुदाँ उहाँलाई आर्थीक सहयोग गरी जीवन रक्षा गरी दिनहुन विकका भतिज प्रेम विकले सवैलाई आग्रह गरेका छन ।
धन बहादुर बि क लाई आर्थीक सहयोगका गर्नका लागी उहाँका दाजु तुल सिंह कामीको नाममा प्रभु बैंक टिकापुर शाखामा रहेको खाता नं ः २०६१०७०१३९९५१६०००००१ मा जम्मा गरीदिन हुन सवैमा अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय