बालाराम ढकाल

कमलबजार भदौ -१,

कमलबजार नपा वडा नं. ६, वीरपथको स्याउँलेमा टोल स्वास्थ्य शिविर सम्पन्न भएको छ। स्याउँले टोलमा ज्वरोको बिरामीहरु अत्याधिक बढेपछी कमलबजार नगरपालिकाको सहयोगमा बीरपथ स्वास्थ्य- चौकी र कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रको संयुक्त पहलमा टोल स्वास्थ्य शिविर सन्चालन भएको हो।

स्वास्थ्यकर्मीको टिम टोलमै पुगेर सेवा दिँदा स्याउँले टोलबासीले स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिएको छन्। सेवा लिनेमा बालबालिका तथा महिलाहरुको संख्या उल्लेख्य थियो।स्वास्थ्यकर्मीको टिममा बीरपथ स्वास्थ्य-चौकीमा कार्यरत हे. अ. आशिका तामाङ , कमलबजार आर. टि पिसिआरमा कार्यरत बरिष्ठ ल्याब एसिस्टेन्ट राजेन्द्र धामी, ल्या. अ. लाल ब. बिष्ट र बी. एम्. एल् टि. सरिता प्याथ हुनुहुन्थ्यो । उक्त शिविरमा ३१ जना महिला र ३४ जना पुरुष गरि ५ दर्जन जतिले सेवा पाएको स्थानीय पुष्पराज ढकालले कमलबजार दैनिकलाई जानकारी दिनुभयो। साथै पिसिआर टेष्टको लागि ३७ जनाको स्वाब समेत संकलन गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय