सुवास अधिकारी
कमलबजार, भाद्र २
वाक नेपाल मर्सिकोर भकारी परीयोजना द्धारा खोज तथा उदार सामाग्रि हस्तान्तरण गरीएको छ । बुधबार एक कार्यक्रमका बिच कमलबजार नगरपालिका अन्तरगत स्थानिय बिपद् तथा ब्यब्सथापन समिति लाई सामाग्रि हस्तान्तरण गरेको हो । परीयोजना द्धारा स्टेचर ५ थान , च्याम्सो मेसिन १ थान, टेन्ट ३ थान, बल्याङकेट ६ थान, लाईफ जकेट ५ थान लगायत अन्य सामाग्रि गरी ४ लाख ६६ हजारको सामाग्रि हस्तान्तरण गरीएको वाक नेपाल मर्सिकोर भकारी परीयोजनाका कार्यक्रम प्रमुख मनोज बिक्रम सिंहले बताउनु भयो ।
सामाग्रि ग्रहण गर्दै कमलबजार नगर प्रमुख एबम स्थानिय बिपद् तथा व्यबस्थापन समितिका संयोजक ओमप्रकाश बिष्टले बिपद जतिखेर पनि आउन सक्ने भन्दै उक्त सामाग्री बिपद परेका बेला प्रयोग गरीने बताउनु भयो । साथै उहाले समय अनुकुल्तालाइ बुझेर खोजतथा उदार सामाग्रि प्रदान गर्नु भएकोमा वाक नेपाल मर्सिकोर भकारी परीयोजना लाई धन्यबाद समेत ब्यत गर्नु भयो । समाग्रि हस्तान्तरण कार्यक्रममा कमलबजार नगरपालिकाका नि. प्रमुख प्रसासकिय अधिकृत खडग बहादुर बिष्ट, लगायत बिषयगत साखाका प्र्रतिनिधि, रेडियो कमलबजारका प्रमुख अमर धामि, वाक नेपाल मर्सिकोर भकारी परीयोजनाका प्रतिनिधि हरुको सहभागिता रहेको थियो ।
ADVERTISEMENT