कमलबजार भाद्र ९   ।                                                        मंगलसेन न गरपालिकाको टोलिले मंगलसेन बजार अनुगमन गरेक छ । टोलिले किराना पसल, होटल तथा भाडा पसल अनुगमन गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीको नेतृत्वमा गएको टोलिले तरकारी तथा फलफुल पसल हाटबजारमा नभएर बजारमा बिक्रि वितरण गरिरहेकाले कारबाही समेत गरेको छ । प्रत्येक पसललाई तत्काल हाटबजारमा पसल राखेर बिक्रीवितरण गर्न निर्देशन सहित तत्काललाई कारबाही स्वरुप १ हजार जरिवाना गरिएको छ । पटक पटक फलफुल र तरकारी मंगलसेन बजार क्षेत्रमा बिक्री नगर्न अनुरोध गर्दा समेत अटेर गर्ने ५ पसलका सन्चालकलाई जरिवाना गरिएको हो । मूल्य सुचि, दर्ता नविकरण, खाद्य पदार्थको म्याद, सरसफाईको अबस्था बारे अनुगमन गरि आवश्यक निर्देशन दिईएको छ । आगामि दिनमा बजार अनुगमनलाई निरन्तर जारी राख्ने अधिकृत सोडारीले बताउनु भयो । अनुगमन टोलिमा प्रहरी चौकी मंगलसेनमा ईन्चार्ज भोपाल सिह थापा, असई दानलसिह धामी, उद्योग वाणिज्य संघ उपाध्यक्ष यज्ञ ढुंगाना, नगरपालिकाका स्टोर किपर नरेश कठायत,
एमाईस अपरेटर होम साउद, पत्रकार कमल रावल, मेनुका ढुंगाना, उपभोक्ता हित संरक्षण सस्थाका प्रतिनिधि खेमराज ढुंगाना,पशु शाखा प्रमुख नेत्र कठायत, कृषि शाखाका प्राविधिक महादेव ढुंगानाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय