निर्मल रैका धनगढी ,भाद्र १४

नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगनकुमार थापाले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

उनलेे आसन्न १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने बताए । आज काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्ने क्रम मा नेता थापाले सो कुराको खुलासा गरेका हुन ।
तर नेता थापाले भने कुन समुहबाट महामन्त्री पदको उम्मेदवारी हुने बारे त्यो भने खुलाउन चाहेनन ।
उता नेता थापालाई नेताहरुले आ आफनो समूह बाट नेताहरुले लडाउन चाहेको कांग्रेस वृतमा चर्चा छ ।

पुर्व मन्त्री समेत रहि सकेका थापा कृष्ण प्रसाद सिटाैला समुह बाट महामन्त्रीमा उम्मेदवार दिइ १३औं महाधिवेशनमा निर्वाचन लडी पराजित भएका थिए । त्यसबेला सिटौला समूहबाट उम्मेदवार बनेका थापाले ५८४ मत पाएका थिए ।
उता १३औं महाधिवेशनमा शेरबहादुर देउवा समूहबाट महामन्त्रीका उम्मेदवार ससुरा अर्जुननरसिंह केसी उम्मेदवार थिए । तर १३औं महाधिवेशनमा शेरबहादुर देउवा सभापतिमा बिजय भए पनि महामन्त्रीमा अर्जुननरसिंह केसी र गगन कुमार थापा भने पराजित भएका थिए । १३औं महाधिवेशनमा रामचन्द्र पौडेल समूहबाट उम्मेद्बारी दिएका बिपि पुत्र डा. शशांक कोइराला निर्वाचित भएका थिए भने रामचन्द्र पौडेल भने सभापतिमा अहिलेका प्रधानमन्त्री शेर बहादुर देउबा सग पराजित भएका थिए ।
नेपाली काँग्रेसमा आसन्न्न १४ औं महाधिवेशनलाइ लक्षित गरि नेता तथा कार्यकर्ताले विभिन्न पदमा आ आफ्नो दाबी प्रस्तुत गरि रहेका छन भने महाधिवेशनलाइ लक्षित गरि वडा क्षेत्र तथा गाउँपालिकामा भोट माग्ने तथा सहयोग गर्न नेता घर दैलोमा पुग्ने कार्य तिव्र रुपमा बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय