सुवास अधिकारी ,कमलबजार, भाद्र १७ ।    उत्थानशिल जिविकोपार्जन तथा पोषण परियोजना पालिका स्तरिय २०७७/०७८ को बार्षिक प्रगती समीक्षा कार्यक्रम कमलबजार नगरपालिकामा सम्पन्न भएको छ । कमलबजार नगरपालिकाको समन्वय, वल्र्डभिजन नेपाल तथा वाक नेपालको साझेदारीमा एवंम् आयोजनामा सो कार्यत्रम सम्पन्न भएको हो । कमलबजार नगरपालिकाका नगर प्रमुुख ओम प्रकाश बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा नगरका २, ३, ४ र ५ वडामा लागुु भएको जिविकोपार्जन पुुर्नस्थापना सहयोग कार्यक्रम अन्र्तगत बिभिन्न आय—आर्जन सम्बन्धीका गतिबिधीका बारेमा प्रष्ट पारीएको थियो । नगरका २, ३, ४ र ५ वडामा संचालित बिभिन्न आय—आर्जन सम्बन्धीका कार्यक्रमबाट बिभिन्न ब्यक्तीहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । प्रतिबेदन अनुुसार आर्थीक बर्ष २०७७/०७८ मा कुुल २४ लाख ३ हजार ७ सँय ७३ बराबरको रकम प्रस्तुुत गरीएको थियो । कार्यक्रमका सहभागीहरुले आँउदा दिनमा नगरका यिं बाहेकका अन्य वडाहरुमा पनि यस्ता जिविकोपार्जन पुुर्नस्थापना सहयोग सम्बन्धीका कार्यक्रम लागुु गर्नुु पर्नेमा जोड दिएका थिय । कार्यक्रमको प्रस्तुुतिकरण भने वाक नेपालका कार्यक्रम अधिकृत दिलिप बोहोराले गर्नुुभएको थियो ।
यसैबिच नगरपालिकाका बिभिन्न क्षेत्रका सरोकारवालाहरुको सहभागितामा विपद् पुुर्व तयारी तथा प्रतिकार्य योजना डि.पि.आर.पी.को अध्यावधिक गरेको योजनालाई अन्तीम रुप दिने निणर्य पनि गरेको छ । नगर स्तरीय बिपद् ब्यवस्थापन समिती संयोजक तथा नगर प्रमुुख ओम प्रकाश बिष्टको अध्यक्षतामा भएको कार्यक्रमले आपतकालीन विपद् ब्यवस्थापन कोष संचालन कार्यबिधी माथी आवश्यक छलफल गरिनुु का साथै यसलाई अन्तीम रुप प्रदान गर्न र आगामी दिनमा प्रभावकारी रुपमा कार्यन्वयन गरी कार्यपालिकाको बैठकमा अनुुमोदन गरेर अगाडी बढ्ने लगायतका निणर्य गरीएका छन् । कार्यक्रममा नगर उप—प्रमुुख भुुमिसरण ढकाल बजगाई, निमित्त प्रमुुख प्रशासकिय अधिकृृत खडग् बहादुुर बिष्ट, बिभिन्न वडाका वडा अध्यक्ष, नगरपालिका स्थित बिभिन्न बिषयगत शाखाका प्रमुुख एवंम् प्रतिनिधी, पत्रकार, वाक नेपालका परियोजना अधिकृत धिरज ढुुंगाना,आशिष उपाध्याय, सामाजिक परिचालक खकेन्द्र बडुुवाल, रेडक्रस सोसाईटीका खेम भट्टराई लगायत नगर स्थित बिभिन्न क्षेत्रका सरोकार वालाहरुको सहभागिता रहेको थियो । कार्यक्रम युुएस आईडि, वाक नेपाल द्धारा संचालित भकारी परियोजनाको सहयोगमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय