
कमलबजार भाद्र २० । सुविधा सम्पन्न कमलबजार पोलिक्लिनिक एण्ड ओजल फार्मेसी सञ्चालनमा आएको छ । कमलबजार पोलिक्लिनिक प्रा ली ले कमलबजारमा सुविधा सम्पन्न अस्पताल सञ्चालन सञ्चालनमा ल्याए पछि यस क्षेत्रका नागरिक लाई स्वास्थ्य सेवा लिन सहज भएको स्थानिय लक्ष्मण बिष्टले बताए ।
कमलबजार पोलिक्लिनिक एण्ड ओजल फार्मेसीका सञ्चालक देवेन्द्र सिजापतीका अनुसार पोलिक्लिनिकले अनुभवी डाक्टर बाट स्वास्थ्य परिक्षण सेवा, भिडियो ऐक्सरे, दन्त उपचार सेवा, फार्मेसी लगायतका सेवा दिनेछ । कमलबजार पोलिक्लिनिक प्रा लीको दिर्घकालिन उद्देश्य भने बृहत छ, सिजापतीेले भने समुदायको सहयोग प्राप्त भएमा थप सेवा सुविधा सहितको मेडिकल कलेज स्थापना गरी यहाँका आम नागरिकलाई स्वास्थ्य सेवा दिने लक्ष्य छ ।![]()
![]()
![]()