निर्मल रैका
धनगढी, भाद्र १९
राष्ट्रिय जनमोर्चाले आफ्ना पाँच जना नेतालाई पार्टीबाट निष्कासित गरेको छ ।
सुदूरपश्चिममा समानान्तर कमिटी गठन गरेको भन्दै पाँच जना नेतालाई निष्कासित गरेको हो ।
कैलालीको धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय जनमोर्चाले जनाएको छ ।
कैलालीको अत्तरियामा अवैधानिक भेला राख्ने र समानान्तर कमिटी गठन गर्ने नेताहरुलाई साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासित गरिएको राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले बताए ।
सुदूरपश्चिम प्रदेशमा पार्टीको अवैध भेला बोलाएको तथा फुट गतिविधि गरेको भन्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य लालबहादुर जाग्री, केन्द्रीय सल्लाहकार लोकेन्द्र लम्साल, केन्द्रीय पार्षदहरु लक्षीराम आचार्य, केशवनाथ योगी, गोविन्द विकलाई साधारण सदस्य समेत नरहने गरि निष्कासित गरेको हो ।
पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय महासचिव मनोज भट्टले निष्कासित गरेको जानकारी गराए ।
अवैधानिक भेला राख्ने र समानान्तर कमिटी गठन गर्ने नेताहरुलाई साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासित गरिएको राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले बताए ।
पत्रकार सम्मेलनमा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले पार्टी हित बिपरित कार्य गर्ने जो कोहिलाई पनि कार्वाही हुने बताए ।
पाँच दलीय गठबन्धनमा सहभागी भएको भन्दै राष्ट्रिय जनमोर्चाका मतभेद रहदै आएको छ ।